२०८३ बैशाख २ गते, बुधबार ०७:१४

बारामा भन्सार नतिरेका २८ भारतीय मोटरसाइकल बरामद, २५ लाख रुपैयाँ बराबरका मोटरसाइकल भन्सार बुझाइयो

वीरगन्ज-

जिल्ला प्रहरी कार्यालय बाराले भन्सार नतिरेका २८ वटा भारतीय मोटरसाइकल बरामद गरी आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय, पर्सामा बुझाएको छ।

प्रहरी गस्ती टोलीले फागुन १४ गते विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा भन्सार नतिरेका, आवश्यक कागजात नभएका र कानून विपरीत रहेका भारतीय नम्बर प्लेटका २८ वटा मोटरसाइकल बरामद गरेको हो। बरामद गरिएका मोटरसाइकलको अनुमानित मूल्य २५ लाख रुपैयाँ रहेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक दिलीप कुमार थापाका अनुसार, बरामद गरिएका मोटरसाइकलहरू भन्सार नतिरेका र आवश्यक कागजात नभएका कारण नियन्त्रणमा लिइएको हो। यस घटनाले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न प्रहरी सक्रिय रहेको देखाउँछ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस