२०८२ चैत्र ३० गते, सोमबार १८:०९

मेयरले आफनै कार्यालयमा तालाबन्दी गरी साँचो प्रमुख जिल्ला अधिकारी लाई बुझाए

महोत्तरी –

प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्यसम्पादन गर्न नसकेको भन्दै महोत्तरीको भंगहा नगरपालिकामा तालाबन्दी गरिएको छ। मेयर सञ्जीवकुमार साहसहितका जनप्रतिनिधिले आइतबार कार्यालयमा तालाबन्दी गरी साँचो प्रमुख जिल्ला अधिकारी (सीडीओ) लालबाबु कवारीलाई बुझाएका हुन्।

९ माघमा निमित्त प्रशासकीय अधिकृत विजयकुमार यादवको जिम्मेवारी सामान्य प्रशासन मन्त्रालयले खोसेको थियो। त्यसपछि लेखाका अधिकृत आठौं रामसागर यादवलाई वरिष्ठताको आधारमा निमित्तको जिम्मेवारी मन्त्रालयले दिएको थियो।

मेयर साहका अनुसार, ४ फागुनमा सामान्य प्रशासन मन्त्रालयले उपसचिव होमप्रसाद घिमिरेलाई प्रमुख प्रशासकीय अधिकृत तोकेपछि निमित्तको जिम्मेवारी खोसेको थियो। तर, हालसम्म उनी नआएको मेयर साहको गुनासो छ।

त्यसयता तीन दिन मन्त्रालय पुगेर गुनासो गरेको, तर मन्त्रीले भेट्न समय नदिएको उनले आक्रोश व्यक्त गरे। प्रशासकीय अधिकृतविहीन हुँदा नगरपालिकाको विकासे काम ठप्प भएको, टेन्डर आह्वान गर्न नसकेकाले बाध्य भएर तालाबन्दी गरी साँचो प्रजिअलाई बुझाएको मेयर साहले बताए।

प्रहरी जवान हत्या प्रकरण: पूर्वप्रेमिका सोनी र उनका श्रीमान्‌सहित चार जना सार्वजनिक गरिँदै, ‘श्रीमती’ नभएको प्रहरीको स्पष्टोक्ति

वीरगन्ज- पर्साको वीरगन्ज महानगरपालिका–९ श्रीपुरमा भएको प्रहरी जवान विकास चौरसियाको

प्रहरी जवान हत्या प्रकरण: पूर्वप्रेमिका सोनी र उनका श्रीमान्‌सहित चार जना सार्वजनिक गरिँदै, ‘श्रीमती’ नभएको प्रहरीको स्पष्टोक्ति

वीरगन्ज- पर्साको वीरगन्ज महानगरपालिका–९ श्रीपुरमा भएको प्रहरी जवान विकास चौरसियाको

पोडकास्ट सुन्नुहोस