२०८२ भाद्र ६ गते, शुक्रबार ०२:०६

पर्सा-
पर्सा जिल्लामा बर्डफ्लूको सङ्क्रमण फैलिन नदिनको लागि कुखुरा, अण्डा तथा चल्लाको ओसारपसारमा थप कडाइ गरिने भएको छ। आइतबार पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

छिमेकी मुलुक भारतमा बर्डफ्लूको सङ्क्रमण देखिएकाले नेपालमा पनि उच्च सतर्कता अपनाउन लागिएको हो । बैठकले नेपालमा आयात गर्न प्रतिबन्धित कुखुरा, चल्ला र सेतो अण्डा भारतबाट ल्याउन पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको छ । यसका लागि सीमा क्षेत्रमा थप निगरानी बढाइनेछ ।

यसैगरी, आन्तरिक बजारमा पनि यस्ता पदार्थको उपभोग र बेचबिखनलाई निरुत्साहित गर्न तत्काल संयुक्त अनुगमन गर्ने निर्णय भएको छ । यसका लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र, पर्साका प्रमुख डा। राज कुमार शाहको संयोजकत्वमा ¥यापिड एक्सन टिम (आरएटी) गठन गरिएको छ ।

अनुगमनका क्रममा प्राप्त वस्तुस्थितिको आधारमा सम्बन्धित पक्षलाई कारबाही गर्ने र निर्णयलाई सर्वसाधारणको जानकारीका लागि प्रकाशन र प्रसारण गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सहायक प्रमुख जिल्ला अधिकारीहरू, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षक, पशु क्वारेन्टाइन कार्यालयका प्रतिनिधि, भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रतिनिधि, नेपाल भेटेरिनरी एसोसिएसनका प्रतिनिधि, नेपाल लेयर्स कुखुरापालक सङ्घका प्रतिनिधि, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका प्रतिनिधि लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

‘पिए नेपाल’ जोडिएको बालबालिकाको अवैध ओसारपसारसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद भट्टराईको माग

काठमाडौं- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा ‘पिए

‘पिए नेपाल’ जोडिएको बालबालिकाको अवैध ओसारपसारसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सांसद भट्टराईको माग

काठमाडौं- नेकपा (एमाले)का सचिव योगेश भट्टराईले बालबालिकाको अवैध ओसारपसारमा ‘पिए

पोडकास्ट सुन्नुहोस