२०८२ असार १७ गते, मंगलवार ०७:३४

बारा-

जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न मुद्दामा फरार रहेका १६ जना प्रतिवादीलाई पक्राउ गरी बारा जिल्ला अदालतमा बुझाएको छ।

पक्राउ पर्नेहरूमा चेक अनादर, खोटा चलन, सवारी ज्यान, गाली बेइज्जती, सार्वजनिक अपराध, कुटपिट, हातहतियार खरखजना, लागूऔषध, बैंकिङ कसुर र भवितव्य ज्यान लगायतका मुद्दामा संलग्न रहेका व्यक्तिहरू रहेका छन्।

प्रहरीले फागुन १७ र १८ गते विशेष अभियान चलाएर उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकामध्ये दिनेश साह र सुरेश प्र. यादव चेक अनादर मुद्दामा, आनन्द कुशवाहा खोटा चलनमा, राज कुमार श्रेष्ठ सवारी ज्यानमा, छोटेलाल श्रेष्ठ, शिवलाल श्रेष्ठ, बिष्णु श्रेष्ठ र सेती माया श्रेष्ठ गाली बेइज्जतीमा, तारा गुरुङ र अमर बिश्वकर्मा सार्वजनिक अपराधमा, भगवती सिग्देल कुटपिटमा, कर्ण बहादुर वाईबा हातहतियार खरखजनामा, बिश्वास थापा मगर लागूऔषधमा, धर्मेन्द्र सहनी लागूऔषध (गाँजा)मा, बिलट मियाँ बैंकिङ कसुरमा र शन्त बहादुर थिङ भवितव्य ज्यान मुद्दामा फरार रहेका थिए।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) विजय राज पण्डितका अनुसार पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि बारा जिल्ला अदालतमा बुझाइएको छ।

प्रहरीले फरार रहेका अन्य प्रतिवादीहरूको खोजी कार्यलाई पनि तीव्रता दिएको जनाएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस