२०८२ असार १७ गते, मंगलवार ११:४३

काठमाडौं—

नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले निजीकरण अध्यादेशको मस्यौदा कुन कर्पोरेट हाउसमा लेखिएको हो भन्दै सरकारलाई प्रश्न गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा निजीकण (पहिलो संशोधन) अध्यादेश,२०८१ अस्विकृत गरियोस् भन्ने पेश गर्दै सांसद सापकोटाले यस्तो प्रश्न गर्नुभएको हो । उहाँले लोकतान्त्रि मूल्यमान्यताको हिसाबले अध्यादेशको बाटो पुर्णरुपमा गलत भएको बताउनु बताउनु भयो । सरकार अध्यादेश ल्याएर संविधानलाई जिस्क्याएको आरोप समेत लगाउनु भयो । उहाँले गिरीबन्धुको गन्ध आउनेगरी सकारले भूमिसम्बन्धी अध्यादेश ल्याएको टिप्पणी गर्नुभयो ।

उहाँले सरकारले अध्यादेशमा रहेका ‘कमा’ र ‘पूर्णविराम’ समेत परिवर्तन नगरी पास गर्न खोजेको आरोप समेत लगाउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस