२०८३ जेष्ठ ७ गते, बिहीबार १२:५६

हिन्दू-मुस्लिम भाइचारा कायम राख्न वीरगन्जबासीलाई जमीअत उलमार्-ए-नेपालको विशेष अपील

वीरगन्ज-
जमीअत उलमार्-ए-नेपालले वीरगन्जमा हालै घटेको घटनाप्रति गहिरो दुःख र चिन्ता व्यक्त गर्दै सबै पक्षलाई आपसी सामाजिक सद्भाव र सहिष्णुता कायम राख्न हार्दिक अपील गरेको छ।

संस्थाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल एक बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक देश भएको स्मरण गराएको छ। शताब्दीऔँदेखि यहाँ हिन्दू, मुस्लिमलगायत सबै समुदायबीच आपसी सम्मान, सहिष्णुता र भाइचारा कायम रहँदै आएको र वीरगञ्ज क्षेत्र पनि त्यसको सुन्दर उदाहरण रहेको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ:
“यस्तो अवस्थामा कुनै पनि घटनालाई लिएर आवेग, उत्तेजना वा भ्रमको आधारमा प्रतिक्रिया नजनाई, संयम, धैर्य र समझदारी अपनाउनु आजको सबैभन्दा ठूलो आवश्यकता हो।”

जमीअत उलमार्-ए-नेपालका सह-अध्यक्ष मौलाना अलि असगर मदनीद्वारा हस्ताक्षरित उक्त अपीलमा दुवै समुदायका धर्मगुरु, समाजसेवी, युवावर्ग तथा सर्वसाधारण सबैलाई शान्ति, सद्भाव र भाइचारालाई मजबुत बनाउने दिशामा अग्रसर हुन आग्रह गरिएको छ। संस्थाले यस घटनाबाट प्रभावित भएका सबैप्रति सहानुभूति समेत प्रकट गरेको छ।

प्रतिक्रिया

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालयका लागि वीरगन्ज महानगरद्वारा जग्गा उपलब्ध, भवन निर्माणको बाटो खुल्यो

वीरगन्ज– मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणका लागि वीरगन्ज महानगरपालिकाले जग्गा

पोडकास्ट सुन्नुहोस