सर्लाही-
सर्लाहीको मलंगवा नगरपालिका–१० स्थित साहारा गेष्ट हाउसमा नेपाल प्रहरीको ब्यूरो इन्स्पेक्टर भएको झुटो परिचय दिँदै होटल सञ्चालकलाई धम्की दिने २९ वर्षीय अनुक्रम खरेललाई प्रहरीले पक्राउ गरेको छ।
बुधबार साँझ घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले उनको खानतलासी गर्दा प्रतिबन्धित लागू औषध स्पास्मो प्रोक्सिभनका ९२४ ट्याबलेट फेला पारेको हो। हरिवन नगरपालिका–६ का खरेल प्रहरीसँग सम्बन्धित नभएको पुष्टि भएपछि उनलाई लागू औषध सम्बन्धी मुद्दामा थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ।