२०८२ असार १६ गते, सोमबार २२:३१

काठमाडौं – 

नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले चैत १५ गतेको आन्दोलनमा राजावादी प्रदर्शनकारीहरु हिंसात्मक गतिविधिमा उत्रिएपछि प्रहरीको सुरक्षा रणनीति कार्यान्वयमा चुनौती भएको बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रहरी प्रमुख थापाले शान्तीपूर्ण आन्दोलन गर्ने भनेका आन्दोलनकारीहरु अराजक र हिंसात्मक तरिकाले अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको बताउनुभएको हो । उहाँले प्रदर्शनकारीहरुले सिंहदरबार, संसद भवन र विमानस्थल कब्जा गर्ने भनेपछि सोहीअनुसारको बल प्रयोग भएको बताउनु भयो । स्रोत साधनको अभावका बाबजुद समेत क्षति कम हुने रणनीतिमा प्रहरी अघि बढेको उहाँको भनाइ छ ।

उहाँले प्रहरीलाई नै मार्नेगरी बुलेट गाडी चलाइएको समेत बताउनु भयो । उहाँले प्रहरीले शान्तीपूर्ण आन्दोलन गर्छौं भनेकै कारण दुर्गा प्रसाईंलाई फेरि मञ्चतिर पठाइएको स्पष्टिकरण दिनुभयो । उहाँले आन्दोलन शुरु हुनुभन्दा अगाडि नै झडप गर्ने र प्रहरीसँग मुकाबिला गर्ने, मञ्चमै उत्तेजक भाषणहरु गर्ने गरेका कारण प्रहरीले बल प्रयोग गर्नुपरेको बताउनु भयो । उहाँले प्रहरी आफैंले मञ्चमा अश्रुग्याँस नहानेको दाबी गर्नुभयो ।

नेपाल प्रहरीको लागुऔषध ब्युरो जलाउने प्रयास हुँदा आन्दोलनस्थल भन्दा बाहिर गोली प्रहार गर्दा सविन महर्जनको निधन भएको बताउनु भयो । उहाँले चैत १५ गते नै १६१ जनालाई पक्राउ गरिएकोमा ९४ जनालाई जमानीमा छोडेको बताउनु भयो । अन्यमाथि राजद्रोह र उप्रदो अपराधमा अनुसन्धान भइरहेकोको उल्लेख गर्नुभयो । प्रदर्शनकारीले ३९ गाडीमा क्षति गरेको र प्रदर्शनमा २ जनाको मृत्यु भएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस