बुटवल–
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका–३ लुटीपोखरी–खनदहको भित्री सडकखण्डमा आइतबार बिहान भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा यात्रु बालकृष्ण रिजाल र चालक दिलिप खनालको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ ।
प्रहरी निरीक्षक जगन्नाथ मरासिनीका अनुसार, उक्त घटनामा मालारानी गाउँपालिका वडा नम्बर ४ का बासिन्दा वसन्त पोखरेल र भुनव पोखरेल घाइते भएका छन् । लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि पठाइएको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक मरासिनीले बताए ।