२०८२ चैत्र २९ गते, आईतवार १७:१८

नेपाल शिक्षक महासंघद्वारा शैक्षिक हड्तालको घोषणा : सोमबारदेखि देशभरका विद्यालय बन्द

काठमाडौं –

शिक्षक आन्दोलनलाई थप सशक्त बनाउन भन्दै नेपाल शिक्षक महासंघले आगामी सोमबार (चैत २५, २०८१) देखि शैक्षिक हड्तालको घोषणा गरेको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले आइतबार प्रेस विज्ञप्ति जारी गरी यो जानकारी दिएका हुन् ।

महासंघले देशभरका विद्यालय बन्द गरेर सबै शिक्षक र कर्मचारीलाई काठमाडौंको सडक आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ । विज्ञप्तिमा भनिएको छ, “यो आन्दोलनलाई अझ सशक्त बनाउन २०८१ चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गरिएको छ । अब देशभरका सबै विद्यालय बन्द गरी काठमाडौंको शैक्षिक सडक आन्दोलनमा सहभागी हुन अनिवार्य आउन हामी सबै शिक्षक कर्मचारी साथीहरूलाई आग्रह गर्दछौं ।”

शैक्षिक हड्तालको अवधिमा उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमणलगायत कुनै पनि शैक्षिक गतिविधिमा संलग्न नहुने महासंघले स्पष्ट पारेको छ । शिक्षा ऐन जारी गर्नुपर्नेलगायतका माग राख्दै देशभरका शिक्षकहरू लामो समयदेखि आन्दोलनरत छन् । उनीहरू माघ २० गतेदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । सरकारले वार्ताका लागि आह्वान गरे पनि शिक्षकहरूले वार्तामा सहभागिता जनाएका छैनन् ।

यो शैक्षिक हड्तालले देशभरको शैक्षिक गतिविधि ठप्प हुने देखिएको छ भने सरकार र शिक्षक महासंघबीचको तनाव थप चर्किने संकेत देखिएको छ ।

पत्रकारहरूका लागि वित्तीय साक्षरता अनुशिक्षण: “दैनिक ५४ अनलाइन ठगीका घटना, सचेतना फैलाउन सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण”

हेटौंडा, ३० चैत आर्थिक पत्रकारिताको माध्यमबाट समाजमा वित्तीय चेतना फैलाउने

पत्रकारहरूका लागि वित्तीय साक्षरता अनुशिक्षण: “दैनिक ५४ अनलाइन ठगीका घटना, सचेतना फैलाउन सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण”

हेटौंडा, ३० चैत आर्थिक पत्रकारिताको माध्यमबाट समाजमा वित्तीय चेतना फैलाउने

पोडकास्ट सुन्नुहोस