२०८२ श्रावण १३ गते, मंगलवार २२:४८

काठमाडौं –

नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै आजै सरकार ढल्ने खालका वक्तव्यबाजीले मिडिया रङ्गिने र समाजमा ध्वनि प्रदुषण मात्रै बढ्ने काम गरेको बताउनुभएको छ ।

सोमवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सांसद थापाले देशमा दुई ठूला दल र अन्य पार्टीहरू मिलेर पालैपालो सरकार चलाउने सहमति गरेर नीति तथा कार्यक्रम ल्याइसकेपछि पनि सरकारविरुद्धका चलखेलहरू जारी रहेको बताउनु भयो । उहाँले ‘सरकार आजै ढल्छ, भोलि नै ढल्छ, मैले सबै मिलाइसके, अब रहँदैन’ जस्ता अभिव्यक्तिहरू आउने क्रम जारी रहेको र ती झुटा र बकवासहरू निरर्थक सावित भएको जिकिर गर्नुभयो ।

उहाँले माओवादी अध्यक्ष दाहाललाई लक्षित गर्दै कति वटा जिब्रा भएका र झुटो बोल्नसक्ने काबिल नेता मानेर नेपालीहरूले सुनिरहनुपर्ने हो भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले दाहाल नेतृत्वको पछिल्लो २० महिनाको शासन देखिएको जिकिर गर्नुभयो । उहाँले त्यति बेलामा पाकिस्तानी मोडलको अभ्यास र भ्रष्टाचारका फाइल खोल्ने हुङ्कारको हविगतलाई देखिएको समेत धारणा राख्नुभयो । उहाँले त्यति बेला कुशासनका अनेक रूप प्रकट भएको समेत आरोप लगाउनु भयो ।

प्रतिक्रिया

खर्च गर्ने क्षमता घट्दै गएको तथ्यलाई भन्सार कार्यालयको तथ्याँले दियो चुनौति , वीरगन्ज नाकाबाट विलासिय बस्तुको आयातमा उलेख्य वृद्धी

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड खर्च गर्ने क्षमतामा कमी

खर्च गर्ने क्षमता घट्दै गएको तथ्यलाई भन्सार कार्यालयको तथ्याँले दियो चुनौति , वीरगन्ज नाकाबाट विलासिय बस्तुको आयातमा उलेख्य वृद्धी

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड खर्च गर्ने क्षमतामा कमी

पोडकास्ट सुन्नुहोस