काठमाडौं –

नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपाललाई स्टारलिंकसँग जोड्न माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा डिजिटलमा फड्को मारेको स्टारलिंक, स्पेस एक्सका प्रतिनिधिसँग आफूले प्रधानमन्त्रीसँग कुराकानी गर्ने वातावरण बनाइसकेको बताउँदै उनीहरु नेपाल आउन चाहिरहेको र स्टारलिंकलाई नेपाल भित्राउन जरुरी रहेको बताउनुभएको हो । बजगाईंले इलन मस्कसँग भएको संवाललाई किनारामा पठाउन नहुने बताउनु भयो । उनीहरुको इच्छा नेपालमा आउने भएकाले त्यसलाई सम्बोधन गर्न जरुरी रहेको उहाँको भनाई रहेको छ ।