२०८२ श्रावण १३ गते, मंगलवार २२:१९

काठमाडौं-

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीहरूलाई व्यवहारिक रूपमा नागरिक अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। सोमबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो कार्यकालमा आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने प्रक्रिया शुरू भएको स्मरण गराए। तर, ती अधिकार हालसम्म व्यवहारमा लागू हुन नसकेकोमा उनले गहिरो चिन्ता व्यक्त गरे।

“नेपाली नागरिकता हुँदाहुँदै विदेशी पासपोर्टमा भिसा लिएर नेपाल आउनुपर्ने बाध्यता अत्यन्तै विडम्बनापूर्ण छ,” प्रचण्डले भने। उनले यो अवस्थालाई गम्भीरतापूर्वक लिई गैरआवासीय नेपालीहरूले मातृभूमिसँग अधिकारपूर्ण सम्बन्ध राख्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।

प्रचण्डले गैरआवासीय नेपालीहरूको सीप, दक्षता र क्षमतालाई राष्ट्रनिर्माणमा उपयोग गर्न स्पष्ट र प्रभावकारी नीतिगत संरचना बनाउन सरकारसँग अनुरोध गरे। यस्तो संरचनाले विश्वभर रहेका नेपालीहरूको योगदानलाई आर्थिक, सामाजिक र प्राविधिक विकासमा संस्थागत रूपमा समेट्न सकिने उनको विश्वास छ।

प्रतिक्रिया

खर्च गर्ने क्षमता घट्दै गएको तथ्यलाई भन्सार कार्यालयको तथ्याँले दियो चुनौति , वीरगन्ज नाकाबाट विलासिय बस्तुको आयातमा उलेख्य वृद्धी

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड खर्च गर्ने क्षमतामा कमी

खर्च गर्ने क्षमता घट्दै गएको तथ्यलाई भन्सार कार्यालयको तथ्याँले दियो चुनौति , वीरगन्ज नाकाबाट विलासिय बस्तुको आयातमा उलेख्य वृद्धी

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड खर्च गर्ने क्षमतामा कमी

पोडकास्ट सुन्नुहोस