२०८२ आश्विन २० गते, सोमबार २२:४१

एमालेले गैह्र आवासीय नेपाली संगठनलाई दलीय हितमा प्रयोग गर्दैनः प्रधानमन्त्री ओली

काठमाडौं—

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले गैह्र आवासीय नेपाली संगठनलाई दलीय हितमा प्रयोग नगर्ने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा गैह्रआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गैह्र आवासीय नेपाली संगठनलाई एमालेले डायस्पोरा र देशको हितमा मात्रै प्रयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले गैह्र आवासीय नेपाली संगठनलाई विधिसम्मत रुपमा चल्न पनि आग्रह गर्नुभयो ।

अहिलेको विश्व विधिको भएकाले विधि तोडेर अगाडि जानेकुरा स्वेच्छाचारिता हुने जिकिर गर्नुभयो । उहाँले गैह्र आवासीय नेपाली संगठनलाई राजनीतिक दलहरुका जनवर्गीय संगठन बन्नबाट बचाउन आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले गैह्र आवासीय नेपाली संगठनलाई कसैको स्वार्थका लागि प्रयोग हुनबाट बँचाएर देशको हितमा काम गर्ने बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले गैह्र आवासीय नेपाली संगठनले विधिसम्मत गरेका काममा सरकारको सधैँ साथ रहने बताउनु भयो ।

पोडकास्ट सुन्नुहोस