२०८३ जेष्ठ १७ गते, आईतवार ०३:५३

पर्सागढीमा कांग्रेसको किल्ला ढल्दै: दर्जनौँ प्रभावशाली नेताहरू एमालेमा प्रवेश, चुनावी समीकरणमा उथलपुथल

वीरगन्ज-

निर्वाचनको मुखमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्सागढी नगरपालिकामा नेपाली कांग्रेसलाई ठूलो झट्का लागेको छ। बिहीबार पर्सागढी नगरपालिका वडा नम्बर ६, चैनपुरमा आयोजित एक भव्य कार्यक्रमका बीच कांग्रेसका दर्जनौँ दिग्गज नेता तथा कार्यकर्ताहरूले पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्।

कांग्रेसका स्थानीय राजनीतिमा प्रभावशाली मानिने प्रयाग यादव, जोधा यादव, ब्रम्हदेव यादव, रामेश्वर यादव, मेघु राय, रामबाबु साह, ढोरा सहनी, मोहिपाल राउत, दिलिप सिंह र सिकेन्द्र राम लगायतका नेताहरू एमालेमा प्रवेश गरेका हुन्। वडा नम्बर ६ का बुथ सभापति काशी यादवको विशेष पहलमा भएको यो पार्टी प्रवेशले स्थानीय स्तरमा कांग्रेसको संगठनमा ठूलो रिक्तता पैदा गरेको छ।

यसैगरी, सोही कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी परित्याग गरी गायत्री देवी सहनी, सरिता देवी राम र सुरेन्द्र यादव लगायतका कार्यकर्ताहरू पनि एमालेमा आबद्ध भएका छन्।

नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष एवं समानुपातिक उम्मेदवार बिचारी यादव र उम्मेदवार रिमा यादव लगायतका नेताहरूले अबिर र टिका लगाएर पार्टीमा स्वागत गर्नुभयो। स्वागत गर्दै नेताहरूले एमालेको राष्ट्रवादी सोच र विकासको एजेन्डाले गर्दा अन्य पार्टीका कार्यकर्ताहरूमा आकर्षण बढेको दाबी गर्नुभयो।

 कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार रिमा यादवले यो प्रवेशले एमालेको संगठनलाई चैनपुर क्षेत्रमा मात्र नभई पूरै पर्सागढीमा अपराजित बनाएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो- “दिग्गज नेताहरूको आगमनले हाम्रो शक्ति दोब्बर भएको छ। फागुन २१ गते सूर्य चिन्हको विजयलाई अब कसैले रोक्न सक्दैन।”

स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार, चैनपुरका प्रभावशाली अनुहारहरू एमालेमा समाहित भएपछि आगामी फागुन २१ को निर्वाचनमा पर्सागढी क्षेत्रको चुनावी नतिजा एमालेको पक्षमा निकै बलियो देखिएको छ।

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस