२०८२ पुष २७ गते, आईतवार १४:०३

माओवादी अध्यक्ष दाहाल: जनताले नै हामीलाई सत्तामा पुर्‍याए

डोटी –

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीलाई सर्वसाधारण जनताले सत्तामा पुर्‍याएको बताएका छन्। हिजोबाट सुरु भएको ‘जनतासँग माओवादी, मध्यपहाडी लोकमार्ग जनता जागरण अभियान’ अन्तर्गत आज डोटीमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताए।

अध्यक्ष दाहालले माओवादी पार्टीलाई कुनै पनि अन्य राजनीतिक दलले सत्तामा नपुर्‍याएको जिकिर गरे। “हामीलाई विस्तृत शान्ति सम्झौतासम्म पुर्‍याउने, तीनपटक सरकारको नेतृत्व गर्ने ठाउँसम्म पुर्‍याउने कुनै कांग्रेस होइनन्, कुनै एमाले होइनन्,” उनले भने, “तपाईं हामीजस्तै गरिब, मजदुर, किसान, उत्पीडित वर्ग समुदायले पुर्‍याएको हो।”

उनले पार्टी सत्तामा हुँदा सत्तामा पुर्‍याउने वर्ग समुदायलाई पर्याप्त समय दिन नसकेकोमा आत्मालोचना पनि गरे। “८-१० वर्षमा जनताको बीचमै गएर जनताकै मुखबाट समस्या सुन्नुपर्नेमा त्यसो हुन सकेन,” उनले भने, “त्यस्तो कमजोरी सुधार्न पार्टीले जनता जागरण अभियान सञ्चालन गरेको हो।”

दाहालले आत्मालोचनासहित जनताको सामु आएको र जनताका पिरमर्का सुनेर तिनलाई राष्ट्रव्यापी बनाउने प्रतिबद्धता व्यक्त गरे। यो अभियानले जनताका समस्या र गुनासा सुन्ने र समाधानको पहल गर्ने उनको भनाइ छ।

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

वीरगन्जमा रास्वपाको ‘क्रेज’: वडाध्यक्ष र पूर्व गाविस अध्यक्षसहित सयौँले भित्र्याए ‘घण्टी’, पुराना दललाई ठुलो झट्का

वीरगन्ज-  मधेस प्रदेशको आर्थिक राजधानी वीरगन्जमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

पोडकास्ट सुन्नुहोस