२०८२ असार १७ गते, मंगलवार ११:००

लमजुङ –

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकको समृद्धिका लागि राजनीतिक स्थायित्व अपरिहार्य रहेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव समेत रहेका मन्त्री गुरुङले आइतबार गृहजिल्ला लमजुङको बेँसीसहर नगरपालिका–८ मा आयोजित एमाले लमजुङको नवौँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको समापन समारोहमा यस्तो धारणा व्यक्त गरे।

जिल्ला समन्वय समिति लमजुङको सभाहलमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले एमालेले सरकारमा रहेर मुलुक विकासका लागि काम गरिरहेको भए पनि गलत प्रचार गरेर पार्टीमाथि प्रहार भइरहेको आरोप लगाए। उनले भने, “हामीले गरेका राम्रा कामको प्रचारप्रसार गर्न जरुरी छ। कार्यकर्ताले जनतामाझ पार्टीको योगदान स्पष्टसँग पुर्‍याउनुपर्छ।”

उनले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने गरी कार्यकर्तालाई सक्रियतापूर्वक काम गर्न निर्देशन दिए। “हाम्रो लक्ष्य भनेको जनताको विश्वास जितेर मुलुकलाई समृद्ध बनाउनु हो,” उनले थपे।

कार्यक्रममा जिल्ला नेतृत्व र कार्यकर्ताले पार्टी सङ्गठनलाई थप सुदृढ बनाउने र जनमुखी कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस