२०८२ असार १७ गते, मंगलवार ०१:०४

जनकपुर–

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेस प्रदेशको नाम जनक वा जानकी राखेमा उत्तम हुने बताएका छन्। शुक्रबार जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनकपुरको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्वलाई जोड दिँदै यस्तो विचार व्यक्त गरे।

देउवाले जनकपुरलाई राजा जनकको राजधानी, जानकी माताको जन्मस्थल र भगवान् रामले धनुष तोडेर सीतासँग स्वयंवर गरेको पौराणिक स्थलका रूपमा उल्लेख गरे। उनले भने, “जनकपुर अत्यन्तै ऐतिहासिक, धार्मिक र महत्त्वपूर्ण ठाउँ हो। यहाँ विकसित मैथिली भाषा बोलिन्छ। राजा जनक सानो राजा होइनन्, उनको पहिचान सिंगापुर, मलेसिया र कम्बोडियासम्म फैलिएको छ। थाइल्याण्डका राजालाई समेत जनकको सन्तान मानिन्छ। मधेस प्रदेशको नाम जनक वा जानकी राखेको भए राम्रो हुन्थ्यो।”

उनले जनकपुरको सांस्कृतिक समृद्धि र मैथिली भाषाको विशिष्टतामाथि प्रकाश पार्दै यस क्षेत्रको पौराणिक महत्त्वलाई अन्तर्राष्ट्रिय स्तरमा समेत मान्यता प्राप्त भएको बताए। सभापति देउवाको यो भनाइले मधेस प्रदेशको नामकरणबारे फेरि एकपटक चर्चा सुरु भएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस