२०८३ आश्विन २० गते, मंगलवार ०४:१९

नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार टुंगो लगायो

काठमाडौं –

नेपाली कांग्रेसले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि विभिन्न प्रदेशबाट उम्मेदवार टुंगो लगाएको छ ।

पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय संसदीय समितिद्वारा सिफारिस गरिएका उम्मेदवारहरूको मनोनयन अनुमोदन गरेको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा १८ अनुसार गरिएको मनोनयन नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३२(९) बमोजिम भएको पार्टीले जनाएको छ ।

पार्टीका अनुसार कोशी प्रदेशबाट सुनिलबहादुर थापा, मधेश प्रदेशबाट धमेन्द्र पासवान र रन्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना उम्मेदवार चयन भएका छन् । त्यसैगरी लुम्बिनी प्रदेशबाट वासुदेव जंगली र चन्द्रबहादुर के.सी, कर्णाली प्रदेशबाट ललितजंग शाही तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती उम्मेदवार रहेका छन् ।

बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मंसुर र महेन्द्र यादव, केन्द्रीय सदस्य विजयकुमार गच्छदार र अर्जुननरसिंह के.सी., पार्टी प्रवक्ता डा. प्रकाशशरण महत तथा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले धारणा राखेका थिए । नेपाली कांग्रेसले समावेशी प्रतिनिधित्वलाई ध्यानमा राख्दै महिला, दलित तथा अपाङ्गता÷अल्पसंख्यक समूहबाट उम्मेदवार चयन गरिएको जनाएको छ ।

प्रतिक्रिया

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

मुआब्जा पीडितको अनिश्चितकालीन धर्ना, प्रशासनसँगको वार्ता निष्कर्षविहीन; ड्राइपोर्टबाट आयात–निर्यात ठप्प

वीरगन्ज– पर्साको सिर्सियास्थित वीरगञ्ज सुख्खा बन्दरगाह (ड्राइपोर्ट) का लागि अधिग्रहण

पोडकास्ट सुन्नुहोस