सडक अनुशासन पालना तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतनामूलक सप्ताह २०८२”आज भव्य समारोहका साथ समापन भएको छ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
वीरगन्ज-
सडक अनुशासन पालना तथा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतनामूलक सप्ताह २०८२”आज भव्य समारोहका साथ समापन भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा एक सातासम्म सञ्चालित यो कार्यक्रमले सडक सुरक्षा र अनुशासन प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको छ।

समापन समारोहमा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो। विशिष्ट अतिथिहरूमा उपप्रमुख इम्तियाज आलम, श्रीजंगका प्रमुख निराजन कटुवा, निमित्त प्रमुख जिल्ला अधिकारी सुमन कार्की, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, उद्योग वाणिज्य संघ वीरगन्जअध्यक्ष हरी गौतमलगायत सुरक्षा निकायका अधिकारी, संघ–संस्थाका प्रतिनिधि, पत्रकार र विद्यार्थीहरूको बाक्लो उपस्थिति थियो।
प्रमुख अतिथि सिंहले सडक दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रमको अपरिहार्यता औँल्याउँदै यस्ता अभियानलाई निरन्तरता दिन महानगरले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उपप्रमुख आलमले ट्राफिक प्रहरीको सक्रियताको प्रशंसा गर्दै यो सप्ताहलाई स्थायी अभियानका रूपमा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमको अध्यक्षता जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले गर्नुभयो। स्वागत मन्तव्य जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्र.ना.नि. लोकराज भट्टले राख्नुभयो भने सञ्चालन वरिष्ठ सई गुणनिधि खकुरेलले गर्नुभयो।
ट्राफिक सप्ताहमा ट्राफिक नियम सम्बन्धी सचेतना र्याली, विद्यालयस्तरीय अन्तरक्रिया, पर्चा–पोस्टर वितरण, हेल्मेट वितरण र सवारी चेकजाँचजस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालित थिए। वीरगञ्जका विद्यालयका विद्यार्थी, शिक्षक, पत्रकार र स्थानीय संघ–संस्थाको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई प्रभावकारी बनायो।
उपप्रमुखका प्रेस सल्लाहकार महमद सदाबले कार्यक्रमको महत्त्व र प्रभावबारे जानकारी दिँदै सडक सुरक्षाप्रति सबैको साझा जिम्मेवारी रहेको बताउनुभयो। यो कार्यक्रमले सडक अनुशासन र सुरक्षित यात्राको सन्देश प्रवाह गरेको आयोजकको विश्वास छ।