२०८२ असार १७ गते, मंगलवार ०४:३०

मन्त्रालय यस आयोजनाको सफल कार्यान्वयनका लागि आवश्यक नीति, स्रोत र सहकार्य उपलब्ध गराउन सधैं कटिबद्ध छ,” मन्त्री यादवले भने।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • खानेपानी समस्या समाधान: मन्त्री प्रदीप यादवले विराटनगर–१४ जतुवाको १८ वर्षदेखिको खानेपानी समस्या समाधान भएको घोषणा गरे
  • सेवा सञ्चालन प्रारम्भ: जतुवा खानेपानी आयोजना नेपाल खानेपानी संस्थानको स्वामित्वमा हस्तान्तरण भई नियमित सेवा सञ्चालनमा प्रवेश गरेको जानकारी दिइयो।
  • लाभ र पहुँच: आयोजनाबाट दैनिक १७ लाख लिटर पानी उत्पादन गरी करिब ६ हजार नागरिक लाभान्वित हुने र ५०० घरमा नयाँ धारा जडान गरिने लक्ष्य छ।

विराटनगर –

खानेपानीमन्त्री प्रदीप यादवले विराटनगर महानगरपालिका–१४ जतुवावासीको १८ वर्षदेखिको खानेपानी समस्या समाधान भएको बताएका छन्। बुधबार जतुवा खानेपानी तथा सरसफाइ आयोजना नेपाल खानेपानी संस्थान विराटनगर शाखाको स्वामित्वमा हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री यादवले यो कुरा बताएका हुन्।

“करिब १८ वर्षदेखिको जतुवावासीको खानेपानी समस्या समाधान भएको छ। मन्त्रालय यस आयोजनाको सफल कार्यान्वयनका लागि आवश्यक नीति, स्रोत र सहकार्य उपलब्ध गराउन सधैं कटिबद्ध छ,” मन्त्री यादवले भने।

उनले जतुवा आयोजना अब संस्थागत रूपमा नियमित सेवा सञ्चालनको चरणमा प्रवेश गरेको जानकारी दिए। सुरक्षित खानेपानी हरेक नागरिकसम्म पुर्‍याउनु सरकारको प्रमुख उद्देश्य र दायित्व रहेको उनले उल्लेख गरे। “हामी सबैको समन्वय र सहभागिताबाट मात्र जनताको स्वास्थ्य र समृद्धिमा योगदान पुर्‍याउन सकिन्छ। हाम्रो उद्देश्य जनताको आधारभूत सेवामा पहुँच सुनिश्चित गर्नु हो,” उनले थपे।

नेपाल खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले आयोजनामार्फत दैनिक १७ लाख लिटर पानी उत्पादन गरी कम्तीमा ६ हजार नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याउने र पाँच सय घरमा नयाँ धारा जडान गर्ने लक्ष्य रहेको बताए।

यो आयोजनाले जतुवावासीको लामो समयदेखिको खानेपानी समस्या समाधान गरी स्वच्छ पानीको पहुँच विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस