पर्सा, बारा लगायत मध्यतराईका जिल्लाहरूमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। मधेशका बिभिन्न जिल्लहरुमा विद्यार्थीहरू कक्षाकोठामै बेहोस हुने गरेका थिए ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
वीरगन्ज –
मधेस प्रदेशको वीरगन्ज महानगरपालिकाले अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै जेठ २९ र ३० गते दुई दिनका लागि सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेले बुधबार जारी गरेको सार्वजनिक सूचनामा गर्मीका कारण यो निर्णय लिइएको उल्लेख छ। पर्सा, बारा लगायत मध्यतराईका जिल्लाहरूमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ।मधेशका बिभिन्न जिल्लहरुमा विद्यार्थीहरू कक्षाकोठामै बेहोस हुने गरेका थिए ।
अभिभावकहरूले सामाजिक सञ्जालमार्फत गर्मीका कारण विद्यालय बन्द गर्नुपर्ने माग गर्दै आएका थिए। यो कदमले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षामा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।