२०८२ असार १७ गते, मंगलवार ०४:२२

ज्वालामुखी तथा भूगर्भीय विपद् न्युनिकरण केन्द्रकाअनुसार ज्वालामुखी बुधवार सक्रिय रह्यो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • ज्वालामुखी विस्फोट: इण्डोनेसियाको माउन्ट लेवोटोबी लाकी–लाकी पुनः सक्रिय भई लगातार विस्फोट भएको छ।
  • प्रभाव: विस्फोटका कारण आसपासका गाउँहरूमा खरानी फैलिएको छ र बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको छ।
  • यातायातमा असर: ज्वालामुखी विस्फोटका कारण उडानहरू रद्ध गरिएका छन्।

काठमाडौँ-

इण्डोनेसियाको पूर्वी नुसा तेङ्गारा प्रान्तमा रहेको माउन्ट लेवोटोबी लाकी–लाकी पुनः विस्फोट भएको छ । जसकारण बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान बाध्य पारेको छ । उडानहरु रद्ध गरिएको छ । ज्वालामुखी तथा भूगर्भीय विपद् न्युनिकरण केन्द्रकाअनुसार ज्वालामुखी बुधवार सक्रिय रह्यो ।

यसको ढलानमा रहेका धेरै गाउँहरूमा खरानी फैलिएको छ । मंगलवारको विस्फोटले आकाशमा १० किलोमिटर माथिसम्म ठूलो खरानीको स्तम्भ बनेको देखिएको छ । बुधवारको विस्फोट भने केही कमको थियो । जसमा खरानीको प्लम लगभग १ किलोमिटर माथि मात्रै थियो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस