२०८२ असार १६ गते, सोमबार २२:३२

नेपाल स्काउटको आन्तरिक श्रोतको व्यवस्थापन गरी स्काउट क्रियाकलापलाई विकास र विस्तार गर्न नेतृत्वलाई निर्देशन दिनुभयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  ऐन परिमार्जन र निर्वाचन: मन्त्री तेजुलाल चौधरीले नेपाल स्काउट ऐनलाई समयानुकूल संशोधन गरी आवधिक निर्वाचन आवश्यक भएको बताएका छन्।
  • स्काउट विस्तार र सशक्तीकरण: स्काउटको स्रोत, सम्पत्ति व्यवस्थापन र २०३२ सम्ममा सात लाख संस्था बनाउने लक्ष्यसहित स्काउट विस्तारको निर्देशन दिइएको छ।
  • समाजमा भूमिका र क्षेत्रीय प्राथमिकता: स्काउटले विपद् व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने र मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा विशेष ध्यान दिनुपर्ने जोड दिएका छन्।

काठमाडौँ-

युवा तथ खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल स्काउट ऐनलाई समयानुकुल परिमार्जन गरी आवधिक निर्वाचन गराउन जरुरी रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा नेपाल स्काउटको ७४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समयमा नै नेपाल स्काउट ऐन ल्याउनको लागि मन्त्रालय प्रभावकारी रुपमा काम गरिरहेको जानकारी दिनुभयो । उहाँले नयाँ ऐनले हाल देखिएका समस्याहरुको समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

विपद्जन्य जोखिमबाट बच्न पूर्णतयारी तथा विपद्का लागि स्काउट स्वयंसेवकहरुको भुमिका महत्वपूर्ण हुने बताउनु भयो । नेपाल स्काउटको आन्तरिक श्रोतको व्यवस्थापन गरी स्काउट क्रियाकलापलाई विकास र विस्तार गर्न नेतृत्वलाई निर्देशन दिनुभयो । नेपाल स्काउटको श्रोत र सम्पतीलाई एकीकृत गरी नेपाल स्काउटको स्वामित्वमा ल्याइ त्यसको उचित व्यवस्थापन र परिचालनमा समेत ध्यान दिन पनि निर्देशन दिनुभयो ।

मन्त्री चौधरीले स्काउटको व्यापक विस्तारको लागि सन् २०३२ सम्ममा सात लाख संस्था पु¥याउनका लागि कार्ययोजनासहित अघि बढ्न नेपाल स्काउटको नेतृत्वलाई निर्देशन दिनुभयो । समाजका सबै तह र तप्कामा स्काउटको बलियो नेतृत्व र उपस्थिति आवश्यक रहेको बताउनु भयो ।

मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई विशेष ध्यान दिएर स्काउटले काम गर्नुपर्ने बताउनु भयो । नेपाल स्काउटलाई सबै प्रदेश र स्थानीय तहसम्म पु¥याउन, समुदायस्तरमा सक्रिय बनाउन र समाजमा रहेका हरेक विकृति र विसंगतिको अन्त्य गर्नु आजको आवश्यकता भएको बतउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस