२०८२ असार १७ गते, मंगलवार १२:०३

इजरायली आक्रमणमा निर्दोष बालबालिका, महिलाहरू, वृद्धहरू मारिएको र २० लाख बढी बेघरबार भएको बताउनुभयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • नेपालीको सुरक्षामा ध्यान: सांसद जयन्तीदेवी राईले इजरायल र इरानमा रहेका नेपालीहरूको अवस्थाबारे सदनमा स्पष्ट जानकारी दिन र उनीहरूको सुरक्षामा सरकार गम्भीर हुनुपर्ने माग गरिन्।
  • इजरायली आक्रमणको निन्दा: उनले इजरायली आक्रमणमा निर्दोष बालबालिका, महिला र वृद्धको मृत्यु तथा लाखौँको विस्थापनप्रति दुःख व्यक्त गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारको उल्लंघन भएको बताइन्।
  • तेस्रो विश्वयुद्धको चेतावनी: मध्यपूर्वलगायत विभिन्न देशहरूबीचको युद्ध प्रवृत्तिले तेस्रो विश्वयुद्धको खतरा बढाएको उल्लेख गर्दै सबै मुलुकलाई संयमता अपनाउन आह्वान गरिन्।

काठमाडौँ-

राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले इजरायल र इरानमा रहेका नेपालीहरूको अवस्थाबारे सदनमा जानकारी गराउनुपर्ने माग गर्नुभएको छ ।

बिहीवार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उहाँले यस्तो माग राख्नुभएको हो । उहाँले मध्यपूर्वमा देखिएको तनावका कारण इजरायल र इरानमा रहेका नेपालीहरूका परिवार विक्षिप्त रहेको बताउनु भयो । उहाँले मध्यपूर्वमा रहेका नेपालीहरू भन्दा बित्तिकै आउन सक्ने अवस्था नरहेको बताउँदै उनीहरूको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले विश्वका शक्तिशाली मुलुकहरूले कमजोर मुलुकहरूलाई हेप्ने, हस्तक्षेप गर्ने र आफ्ना साम्राज्यहरू विस्तार गर्ने गरेको बताउँदै इजरायले निरन्तर गरेको आक्रमणले हजारौँ प्यालेस्टाइन नागरिकहरूको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले इजरायली आक्रमणमा निर्दोष बालबालिका, महिलाहरू, वृद्धहरू मारिएको र २० लाख बढी बेघरबार भएको बताउनुभयो । उहाँले यो अन्तर्राष्ट्रिय कानुन र मानवअधिकार विपरीतको नरसंहार रहेको बताउँदै सहन सक्ने अवस्था नरहेको जिकिर गर्नुभयो ।

पछिल्लो समय विभिन्न देशहरूबिच बढेको युद्धले तेस्रो विश्वयुद्धलाई निम्त्याइरहेको जिकिर गर्नुभयो । उहाँले विश्व युद्धले कुनै पनि मुलुकलाई ठिक नहुने बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस