२०८२ असार १७ गते, मंगलवार १२:२२

प्रतिनिधि सभाको बैठकमा विनियोजन शीर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद शर्माले नेतृत्वको काम भनेको समस्याको समाधान गर्ने भएपनि समस्या समाधानतर्फ चिन्ता र चासो नहुनु दुःखद भएको बताउनुभएको हो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  सदन सञ्चालनप्रति आपत्ति: सांसद जनार्दन शर्माले विरोध र अवरोध बेवास्ता गर्दै सदन चलाउनु दुःखद भएको र समस्या समाधानतर्फ सरकार गम्भीर नभएको आरोप लगाउनुभयो।
  • बजेट छलफलमा सांसदको सहभागिता कम: उहाँले बजेट वार्षिक कार्ययोजना भएकाले सांसदलाई बोल्ने अवसर कटौती गर्नु गलत भएको भन्दै आपत्ति जनाउनुभयो।
  • विदेशमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन आग्रह: मध्यपूर्वमा रहेका लाखौं नेपालीको सुरक्षा, रोजगारी र उद्धारको विषयमा सरकार गम्भीर हुनुपर्ने माग गर्नुभयो।

काठमाडौँ-

नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले अवरोध र विरोधको वेवास्ता गर्दै सदन चलाउनु दुःखको कुरा भएको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा विनियोजन शीर्षकहरुमाथिको छलफलमा भाग लिँदै सांसद शर्माले नेतृत्वको काम भनेको समस्याको समाधान गर्ने भएपनि समस्या समाधानतर्फ चिन्ता र चासो नहुनु दुःखद भएको बताउनुभएको हो ।

उहाँले बजेट वार्षिक कार्यक्रम भएको र वर्षभरलाई कार्यान्वयन हुने कार्यक्रममा सांसदहरुले आफ्नो कुरा राख्न नपाएकोप्रति आपत्ति जनाउनु भयो । बजेट वक्तव्यमा हतार गरेर सांसदहरुको अधिकार कटौती हुनेगरी टुंग्याइएकोप्रति दुःख व्यक्त गर्दै सांसद शर्माले मध्यपूर्वमा चर्किरहेको युद्धको मारमा रहेका नेपालीको सुरक्षा र उद्धारको तयारीबारे सदनमा जानकारी गराउन सरकारलाई आग्रह गर्नुभयो ।

उहाँले मध्यपूर्वमा रहेका चालिसौं लाख नेपालीको सुरक्षा, रोजगारी लगायतका विषय गम्भीर भएकोले त्यसतर्फ ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस