२०८२ असार १७ गते, मंगलवार ००:३५

अध्यक्ष दाहालले विपद् र त्यसबाट हुने क्षतिको गम्भीरता र संवेदनशीलतालाई बुझेर आवश्यक तयारीको लागि युद्ध स्तरमा लाग्न अपिल गर्दै निर्देशन समेत दिनुभयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • विपद् पूर्व तयारीमा जोड: अध्यक्ष पुष्पकमल दाहालले विपद् नआउँदासम्म बेवास्ता गर्ने प्रचलन अन्त्य गर्नुपर्ने बताए।
  • सम्पूर्ण तयारी आवश्यक: विपद् न्यूनीकरणका लागि ऐन, कानून, प्राविधिक साधन र सञ्चार प्रणाली लगायत सम्पूर्ण तयारी युद्धस्तरमा गर्नुपर्नेमा जोड दिए।
  • संस्थागत सहभागिता: विपद् व्यवस्थापनमा सरकार, राजनीतिक दल, गैरसरकारी संस्था र सबै सरोकारवाला संस्थाले सक्रिय भूमिका खेल्नुपर्नेमा दाहालको अपिल।

काठमाडौँ-

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले विपद् नआउँदासम्म त्यसको तयारीमा ध्यान नदिने प्रचलनलाई अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित नेपालमा विपद्को अवस्था र पूर्व तयारी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विपद् नआउँदासम्म त्यसको तयारीको लागि ध्यान त्यति नदिने र विपद् आइसकेपछि त्यसको तयारी नपुगेरै ठूलो क्षतिको सामना गर्न बाध्य हुनुपर्ने प्रचलन रहेको बताउनु भयो ।

उहाँले तयारी नभएकै कारणले विपद्बाट ठूलो क्षति भोग्नुपर्ने परिस्थितिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले आवश्यक ऐन, कानून तथा अन्य प्राविधिक,समान र सञ्चारको तयारी सबै क्षेत्रमा गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । अध्यक्ष दाहालले विपद् र त्यसबाट हुने क्षतिको गम्भीरता र संवेदनशीलतालाई बुझेर आवश्यक तयारीको लागि युद्ध स्तरमा लाग्न अपिल गर्दै निर्देशन समेत दिनुभयो ।

उहाँले विपद् हुने सम्भावित क्षतिलाई न्युनिकरणको लागि सरकारी, गैर सरकारी, राजनीतिक दल, भातृ सङ्गठनलगायतका सबै सङ्घसंस्था क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस