२०८२ श्रावण ३१ गते, शनिबार २३:४४

सिरियाली स्वास्थ्य अधिकारीहरूले ५३ जना घाइते भएको बताएका छन् ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  आत्मघाती बम विस्फोट: सिरियाको राजधानी दमास्कसस्थित मार एलियास चर्चमा आईतवारको प्रार्थनाका बेला आत्मघाती बम विस्फोट हुँदा १९ जनाको मृत्यु र ५३ जना घाइते भएका छन्।
  • क्रिश्चियन छिमेकलाई निशाना: विस्फोट मुख्यतया क्रिश्चियन बसोबास रहेको ड्वेइला जिल्लामा भएको हो, जसले धेरै वर्षपछि चर्चलाई लक्षित गरिएको आक्रमणको संकेत गरेको छ।
  • सुरक्षा चिन्ता वृद्धि: उक्त घटनाले राजधानीमा लुकेका चरमपन्थी समूह (स्लीपर सेल) हरूको सक्रियताबारे नयाँ चिन्ता उत्पन्न गराएको छ।

काठमाडौँ-

सिरियाली राजधानी दमास्कसमा आईतवारको प्रार्थनाको समयमा एक आत्मघाती बम विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ । साथै दर्जनौं घाइते भएको सुरक्षा स्रोत र अनुगमन समूहले जनाएको छ । सिरियाली स्वास्थ्य अधिकारीहरूले ५३ जना घाइते भएको बताएका छन् ।

प्रत्यक्षदर्शी र स्थानीय मिडियाकाअनुसार दमास्कसको पूर्वी बाहिरी इलाकामा रहेको मुख्यतया क्रिश्चियन छिमेक ड्वेइला जिल्लामा रहेको मार एलियास चर्चमा विष्फोट भएको हो । धेरै वर्षहरूमा दमास्कसको चर्चलाई लक्षित गरी गरिएको यो विस्फोट पहिलो पटक हो ।

जसले राजधानीमा सञ्चालन हुने स्लीपर सेलहरूको बारेमा नयाँ चिन्ताहरू जगाएको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस