२०८३ असार २५ गते, बिहीबार ०७:४८

उम्मेदवार अनिल कुमार रुङ्गटाको घरदैलोमा उत्साहपूर्ण स्वागत

वीरगन्ज-

अनिल कुमार रुङ्गटा ले वीरगञ्ज महानगरपालिका–२१ अन्तर्गत परवानीपुर क्षेत्रमा घरदैलो कार्यक्रम गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट गर्नुभएको छ। नेपाली काँग्रेस पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रुङ्गटाले आम मतदाताको घर–घरमा पुगेर पार्टीको चुनाव चिन्ह ‘रुख’ मा मतदान गर्न आग्रह गर्नुभयो।

पर्व वडाध्यक्ष हविव मियाँ तथा नेपाली काँग्रेसका नेता जनत राउतको अगुवाइमा सम्पन्न घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार रुङ्गटाले सुशासन, दिगो विकास र समृद्धिका लागि नेपाली काँग्रेसको नेतृत्व आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले क्षेत्र नं. १ लाई पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीको दृष्टिले नमूना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

घरदैलोका क्रममा उम्मेदवार रुङ्गटालाई स्थानीय मतदाताले ठाउँ–ठाउँमा फूलमाला, अबिरको टीका र गम्छा ओढाएर भव्य स्वागत गरेका थिए। मतदाताको उत्साह र समर्थनले चुनावी माहोल थप उर्जाशील बनेको देखिन्थ्यो।

कार्यक्रममा संविधान सभा सदस्य एवं नेपाली काँग्रेस पर्साका पूर्व सभापति अजय कुमार द्विवेदी, उपसभापति रामनारायण कुर्मी, क्षेत्रीय सभापति अरविन्द गुप्ता, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, उपसभापति अनिल सिंह, महाधिवेशन प्रतिनिधि प्रकाश उपाध्याय, दिनेश पन्त, नेता बसरुद्दीन अन्सारी लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको बाक्लो सहभागिता रहेको थियो।

घरदैलो कार्यक्रममार्फत उम्मेदवार रुङ्गटाले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना एजेण्डा प्रस्तुत गर्नुभएको र मतदाताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताइएको छ।

प्रतिक्रिया

गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त, गेटा अस्पताल शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने

काठमाडौं- सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल

गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त, गेटा अस्पताल शिक्षण अस्पतालका रूपमा सञ्चालन हुने

काठमाडौं- सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल

पोडकास्ट सुन्नुहोस