२०८२ श्रावण २९ गते, बिहीबार १७:४८

मोरक्कोका अधिकारीहरूलाई इजरायलसँग सबै राजनीतिक सम्बन्ध तोड्न आह्वान गरेका छन् ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • प्यालेस्टिनी ऐक्यवद्धतामा प्रदर्शन: मोरक्कोको राबाट शहरमा हजारौं नागरिकले प्यालेस्टिनी उद्देश्यप्रति समर्थन जनाउँदै संसद भवन नजिक प्रदर्शन गरे।
  •  इजरायलसँग सम्बन्ध तोड्न माग: प्रदर्शनकारीहरूले मोरक्को सरकारलाई इजरायलसँग सबै राजनीतिक सम्बन्ध अन्त्य गर्न आग्रह गरे।
  • अमेरिका–इजरायलको आलोचना: केही प्रदर्शनकारीहरूले इरानमाथि हालै भएको इजरायल र अमेरिकी आक्रमणको पनि निन्दा गरे।

काठमाडौँ-

बढ्दो क्षेत्रीय तनावका बीचमा प्यालेस्टिनी उद्देश्यप्रति ऐक्यवद्धता जनाउन आईतवार हजारौं मोरक्कोलीहरू राबाट शहरमा भेला भएका छन् । मोरक्को र प्यालेस्टिनी झण्डा फहराउँदै प्रदर्शनकारीहरू संसद भवन नजिकै भेला भएका हुन् । उनीहरुले इजरायल विरोधी नारा लगाएका थिए ।

मोरक्कोका अधिकारीहरूलाई इजरायलसँग सबै राजनीतिक सम्बन्ध तोड्न आह्वान गरेका छन् । प्रदर्शन मोरक्को राष्ट्रिय कार्य समूह फर प्यालेस्टाइनले स्थानीय मानव अधिकार संगठनहरूसँगको सहकार्यमा आयोजना गरेको थियो ।

केही प्रदर्शनकारीहरूले इजरायल र संयुक्त राज्य अमेरिकाले इरानमाथि हालै गरेको हमलाको निन्दा पनि गरेका छन् । मोरक्कोले डिसेम्बर २२, २०२० मा इजरायलसँग सामान्यीकरण सम्झौतामा हस्ताक्षर गरेको थियो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस