२०८२ श्रावण ३१ गते, शनिबार २३:४४

सिरियाली अन्तरिम नेता अहमद अल–शाराले आईतवार एक आदेश जारी गर्दै सार्वजनिक क्षेत्रका कर्मचारीहरूको आधारभुत तलव र ज्यालामा २०० प्रतिशत वृद्धि गर्ने अनुमति दिनुभएको हो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  २०० प्रतिशत तलब वृद्धि: सिरियाली अन्तरिम सरकारले सार्वजनिक क्षेत्रका कर्मचारीहरूको आधारभूत तलबमा २०० प्रतिशतले वृद्धि गर्ने आदेश जारी गरेको छ।
  • सबै सार्वजनिक निकायमा लागू: यो वृद्धि मन्त्रालय, प्रशासन, सार्वजनिक संस्था, संयुक्त क्षेत्रका कम्पनीहरूसमेतमा लागू हुनेछ।
  • आर्थिक संकटसँग जुध्दै कदम: एक दशकभन्दा बढीको युद्ध र मुद्रास्फीतिबाट प्रभावित देशको आर्थिक सुधारका लागि यो पहिलो ठुलो कदम हो।

काठमाडौँ-

सिरियाले सार्वजनिक क्षेत्रका कामदारहरूको लागि २०० प्रतिशत तलव वृद्धि गर्ने कानून बनाएको छ । सिरियाली अन्तरिम नेता अहमद अल–शाराले आईतवार एक आदेश जारी गर्दै सार्वजनिक क्षेत्रका कर्मचारीहरूको आधारभुत तलव र ज्यालामा २०० प्रतिशत वृद्धि गर्ने अनुमति दिनुभएको हो ।

यो वृद्धि मन्त्रालय, राज्य प्रशासन, सार्वजनिक संस्था र सार्वजनिक क्षेत्र भित्रका कम्पनीहरूमा कामदारहरूमा लागू हुन्छ । यसमा प्रशासनिक एकाइहरू र संयुक्त–क्षेत्रका संस्थाहरू पनि समावेश छन् । जसमा राज्यको कम्तिमा ५० प्रतिशत हिस्सा छ ।

यो कदम अन्तरिम सरकारले सत्ता लिएपछि पहिलो ठूलो ज्याला वृद्धि हो । किनकि देश एक दशकभन्दा बढीको युद्ध, व्यापक मुद्रास्फीति र पूर्वाधार पतनको आर्थिक परिणामसँग जुधिरहेको छ ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस