इरानी नेताहरूलाई थप आक्रमणहरूबाट बच्न शान्ति खोज्न आग्रह गर्नुभयो ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
काठमाडौँ-
अमेरिकी रक्षा सचिव पिट हेगसेथले इरानी आणविक केन्द्रहरू विरुद्ध अमेरिकी सैन्य हमलाहरूले इरानको आणविक महत्वाकांक्षालाई ध्वस्त पारेको बताउनुभएको छ । आणविक केन्द्रहरू विरुद्ध आक्रमण गरेको भएपनि इरानी सेना वा जनतालाई लक्षित नगरेको बताउनु भयो । हेगसेथले पेन्टागनद्वारा आयोजित पत्रकार सम्मेलनमा उक्त टिप्पणी गर्नुभएको हो ।
राष्ट्रपति ट्रम्पको आदेशमा अमेरिकी केन्द्रिय कमाण्डले मध्यरातमा इरानको आणविक कार्यक्रमलाई नष्ट गर्न वा गम्भीर रूपमा कमजोर बनाउन इरानका तीन आणविक केन्द्रहरू – फोर्डो, नातान्ज र इस्फहान – विरुद्ध सटीक हमलाहरू गरेको उहाँको भनाइ छ । इरानी नेताहरूलाई थप आक्रमणहरूबाट बच्न शान्ति खोज्न आग्रह गर्नुभयो । इरानी आणविक कार्यक्रमलाई ध्वस्त पारेको बताउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति खोज्नुभएको उहाँको भनाइ छ । इरानले त्यो बाटो अपनाउनु पर्ने उहाँको जिकिर छ । यो मिसन शासन परिवर्तनको बारेमा नभएको उहाँको भनाइ छ ।
अपरेशन मिडनाइट नामक अपरेशनमा अमेरिकी हमलाहरूमा १४ बंकर–बस्टर बम, दुई दर्जन भन्दा बढी टोमाहक मिसाइल र १२५ भन्दा बढी सैन्य विमानहरू समावेश थिए । इरानी राष्ट्रपति मसूद पेजेश्कियानले तीन इरानी आणविक स्थलहरूमा अमेरिकी आक्रमणको निन्दा गर्दै यो आक्रामकताले संयुक्त राज्य अमेरिका इस्लामिक गणतन्त्र इरान विरुद्ध जियोनिस्ट शासनको शत्रुतापूर्ण कार्यहरू भएको बताउनु भयो ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले कूटनीतिको समय बितिसकेको र देशलाई आफ्नो रक्षा गर्ने अधिकार रहेको बताउनु भयो । अमेरिकाले धेरै ठूलो गल्ती गरेको उहाँको भनाइ छ ।