२०८२ भाद्र १ गते, आईतवार ०४:१३

अमेरिकी सेनाले इरानी शासनका तीन प्रमुख आणविक सुविधाहरू, फोर्डो, नातान्ज र एस्फहानमा ठूलो सटीक आक्रमण गरेको बताउँदै आफूहरुको उद्देश्य इरानको आणविक संवद्र्धन क्षमताको विनाश र आणविक खतरालाई रोक्नु रहेको जिकिर गर्नुभयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • ट्रम्पको चेतावनी: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले शान्तिको बाटो नअपनाए थप सैन्य आक्रमणको सामना गर्नुपर्ने चेतावनी दिएका छन्।
  • आक्रमणको उद्देश्य: ट्रम्पले फोर्डो, नातान्ज र एस्फहानमा इरानी आणविक सुविधाहरूमा हमला गरेर इरानको आणविक संवर्द्धन क्षमतामा क्षति पुर्‍याउने उद्देश्य रहेको बताएका छन्।
  • इरानी प्रतिक्रिया: इरानी अधिकारी हसन अबेदिनीले ती तीन आणविक स्थलहरू पहिले नै खाली गरिसकेकाले इरानले ठूलो क्षति बेहोर्नु नपरेको बताएका छन्।

काठमाडौँ-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि शान्तिको बाटोमा इरान नगए थप सैन्य आक्रमणको सामना गर्नपर्ने चेतावनी दिनुभएको छ । ट्रम्पले राष्ट्रलाई सम्बोधन गर्दै उक्त टिप्पणी गर्नुभएको हो ।

अमेरिकी सेनाले इरानी शासनका तीन प्रमुख आणविक सुविधाहरू, फोर्डो, नातान्ज र एस्फहानमा ठूलो सटीक आक्रमण गरेको बताउँदै आफूहरुको उद्देश्य इरानको आणविक संवद्र्धन क्षमताको विनाश र आणविक खतरालाई रोक्नु रहेको जिकिर गर्नुभयो । इरानले अब शान्तिको बाटोमा जानुपर्ने उहाँको भनाइ छ ।

इरानको राज्य प्रशारकका उप–राजनीतिक निर्देशक हसन अबेदिनीले इरानले केही समयअघि यी तीन आणविक स्थलहरू खाली गरिसकेको बताउनुभएको छ । जसकारण इरानले ठूलो क्षति व्यहोर्नु नपरेको बताउनु भयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस