२०८२ असार १७ गते, मंगलवार ०४:२०

आफ्नो उद्घाटन सम्बोधनको क्रममा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायलले इरानमाथि हालै गरेको आक्रमण र यस क्षेत्रमा गरेको व्यापक सैन्य कारबाहीको कडा निन्दा गर्नुभयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • ओआईसी बैठक इस्तानबुलमा सम्पन्न: इजरायल–इरान तनावको बीचमा इस्तानबुलमा इस्लामिक सहयोग संगठन (OIC) को ५१औं विदेशमन्त्री परिषद् बैठक सम्पन्न भयो।
  • इजरायली आक्रमणको निन्दा: टर्कीका राष्ट्रपति एर्दोगानले इरानमाथि इजरायलले गरेको आक्रमण र सैन्य कारबाहीको कडा निन्दा गरे।
  • इजरायललाई समस्या ठहर: टर्कीका विदेशमन्त्री हाकान फिदानले यो क्षेत्रीय द्वन्द्व इरान वा अरू मुलुकको नभइ इजरायलकै समस्या भएको टिप्पणी गरे।

काठमाडौँ-

इजरायल र इरानबीच बढ्दो तनावको बीचमा इस्तानबुलमा इस्लामिक सहयोग संगठन (ओआईसी) को विदेशमन्त्री परिषद्को ५१ औं बैठक बसेको छ । रूपान्तरणशील संसारमा ओआईसी भन्ने विषयवस्तुमा आयोजित शिखर सम्मेलनको एजेण्डामा इरानमाथि हालैका इजरायली आक्रमणहरू र यी विकासहरूले यस क्षेत्रका लागि निम्तिएका सुरक्षा चुनौतीहरूको बारेमा छलफल भएको हो ।

आफ्नो उद्घाटन सम्बोधनको क्रममा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायलले इरानमाथि हालै गरेको आक्रमण र यस क्षेत्रमा गरेको व्यापक सैन्य कारबाहीको कडा निन्दा गर्नुभयो ।

कार्यक्रममा, टर्कीका विदेशमन्त्री हाकान फिदानले यस क्षेत्रमा इजरायल समस्या बनेको बताउनु भयो ।

यो प्यालेस्टाइन, लेबनान, सिरिया, यमन वा इरानको समस्या नभइ स्पष्ट रूपमा इजरायलको समस्या भएको बताउनु भयो । दुई दिने बैठकमा ३५ भन्दा बढी विदेशमन्त्रीहरू सहभागी भएका थिए । जसमा इरानी विदेशमन्त्री सैयद अब्बास अराघची र पाँच उपमन्त्रीहरू समावेश थिए ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस