२०८२ असार १७ गते, मंगलवार ००:४४

ऊर्जा केबल पूर्वाधारको विषय मात्रै नभई समृद्ध राष्ट्रको मेरुदण्ड रहेको विषयमा दुई मत नरहेको बताउनु भयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • ऊर्जा मन्त्री दीपक खड्काले ऊर्जा मानव जीवनको लागि अक्सिजनसरह महत्वपूर्ण भइसकेको बताउँदै दीर्घकालीन ऊर्जा आत्मनिर्भरताको आवश्यकता औँल्याउनुभयो।
  • उनले आगामी १० वर्षभित्र २८,५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको, जसमा १३,५०० मेगावाट आन्तरिक प्रयोग र १५,००० मेगावाट निर्यातका लागि हुने जानकारी दिनुभयो।
  • सरकारको ऊर्जा लक्ष्य पूरा गर्न कुल ९८.९ अर्ब अमेरिकी डलर लगानी आवश्यक पर्ने बताउँदै ऊर्जा समृद्ध राष्ट्रको मेरुदण्ड हो भन्ने धारणा प्रस्तुत गर्नुभयो।

काठमाडौँ-

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा मानव जीवनको लागि अक्सिजन सरह बनेको महसुस भइसकेको बताउनुभएको छ ।

सोमवार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ऊर्जा निर्यात र सदुपयोग मात्रै नभएर अक्सिजनको रूपमा मानिसहरूलाई आवश्यकता भइसकेको बताउनु भयो । उहाँले ऊर्जा केबल पूर्वाधारको विषय मात्रै नभई समृद्ध राष्ट्रको मेरुदण्ड रहेको विषयमा दुई मत नरहेको बताउनु भयो ।

दीर्घकालीन रूपमा विद्युतीय ऊर्जामा आत्मनिर्भर बनाउँदै ऊर्जा सुरक्षाको सुनिश्चितता गर्नु सबैको कर्तव्य भएको जिकिर गर्नुभयो । उहाँले आगामी दश वर्षभित्र २८ हजार ५०० मेगावाट विद्युत् पु¥याउने लक्ष्यका साथ काम भइरहेको बताउनु भयो । उहाँले आन्तरिक प्रयोगको लागि १३ हजार ५०० मेगावाट र निर्यात प्रयोजनको लागि १५ हजार मेगावाट रहेको समेत जानकारी दिनुभयो ।

उहाँले सरकारको लक्ष्य पछ्याउनको लागि कुल ९८ दशमलव ९ अर्ब डलरको आवश्यकता पर्ने बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस