२०८२ असार १७ गते, मंगलवार ०१:१२

मन्त्री यादवले खुला दिशामुक्त क्षेत्र घोषणाजस्तै सरसफाईलाई समेत राष्ट्रिय अभियानको रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीमा मात्रै ध्यान दिँदा सरसफाई क्षेत्र उपेक्षित भएको बताउँदै सरसफाईलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
  • उहाँले २०३० सम्म ९९% जनतालाई आधारभूत र ९०% जनतालाई शुद्ध खानेपानी पु-याउने लक्ष्य भए पनि बजेट अभावले चुनौती आउन सक्ने बताए।
  • मन्त्री यादवले संघीयताको मर्मअनुसार सन्तुलित बजेट विनियोजन गरिएको दाबी गर्दै सबै दलको राजनीतिक प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्नुभयो।

काठमाडौँ-

खानेपानीमन्त्री प्रदीप यादवले तीनै तहका सरकारले खानेपानी क्षेत्रमा मात्रै ध्यान केन्द्रित गर्दा सरसफाईको क्षेत्र उपेक्षित भएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री यादवले यस्तो बताउनुभएको हो । सरसफाईको क्षेत्रलाई प्राथमिकतामा ल्याउन सबै दलहरुले राजनीतिक प्रतिवद्धता गर्न आवश्यक रहेको बताउनु भयो । मन्त्री यादवले खुला दिशामुक्त क्षेत्र घोषणाजस्तै सरसफाईलाई समेत राष्ट्रिय अभियानको रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सन् २०३० सम्म ९९ प्रतिशत जनतालाई आधारभुत खानेपानी र ९० प्रतिशत जनतालाई शुद्ध खानेपानी पु¥याउने सरकारको लक्ष्य रहेको समेत बताउनु भयो । यद्यपि बजेटमा व्यवस्थापन गर्न नसकिए लक्ष्य प्राप्त गर्न चुनौतीपूर्ण हुने उहाँको भनाइ छ ।

उहाँले अगामी आर्थिक वर्षको लागि खानेपानी मन्त्रालयले सन्तुलित रुपमा बजेट विनियोजन गरेको दाबी गर्नुभयो । संघ सरकारले बजेट पठाउँदा संघीयता कार्यान्वयनको विषयलाई पनि ख्याल गर्न जरुरी रहेको उल्लेख उहाँले गर्दै सोही अनुरुप बजेट विनियोजन गरिएको दाबी गर्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस