२०८२ असार १७ गते, मंगलवार ०१:१४

सुनचाँदी व्यवसायीलाई संरक्षण र संवद्र्धन गर्नुपर्ने बताउँदै सुनचाँदी व्यवसाय संस्कृति, पर्यटनसँग सम्बन्धित रहेको बताउनु भयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सुनचाँदी व्यवसाय संस्कृति र पर्यटनसँग जोडिएको भन्दै यसको संरक्षणबिना आर्थिक समृद्धि सम्भव नरहेको बताउनुभयो।
  • उहाँले व्यवसायीहरूले उठाएका जायज मागहरू यसै आर्थिक वर्षमै सम्बोधन गर्न सरकारलाई आग्रह गर्नुभयो।
  • सबै व्यवसायीहरूको सटर खुल्ने वातावरण बनाउनु सरकारको दायित्व रहेको भन्दै उहाँले सरकारलाई आवश्यक पहल गर्न सुझाव दिनुभयो।

काठमाडौँ-

नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनचाँदी व्यवसायीहरुको संरक्षण गर्न नसके आर्थिक समृद्धि हुन नसक्ने बताउनुभएको छ ।

सोमवार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुनचाँदी व्यवसायीलाई संरक्षण र संवद्र्धन गर्नुपर्ने बताउँदै सुनचाँदी व्यवसाय संस्कृति, पर्यटनसँग सम्बन्धित रहेको बताउनु भयो ।

सुनचाँदी व्यवसायीहरुले राखेका जायज मागहरु पूरा गर्नुपर्ने बताउनु भयो । सुनचाँदी व्यवसायीहरुका जायज मागलाई यसै आर्थिक वर्षमै पूरा गर्ने किसिमको तयारी गरेर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।

सांसद कार्कीले सबैको सटर बन्द गराएर मुलुकको आर्थिक समृद्धि सम्भव नरहेको जिकिर गर्नुभयो । सबै व्यवसायीहरुको सटर खुल्ने वातावरण सरकारले बनाउनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस