उत्तराखण्डस्थित ‘किङ इन्डिया’ नामक संस्थासँग सहकार्य गरी भारतस्थित नेपाली दुतावासले भारतमा बन्दी बनाइएका नेपाली नागरिकहरुको उद्धार गरिरहेको छ ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
काठमाडौँ-
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतमा विभिन्न कारणले बन्दी बनाइएका ५७ जना नेपाली नागरिकको उद्धार गरिएको जानकारी दिनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै मन्त्री देउवाले यस्तो जानकारी गराउनुभएको हो । उहाँकाअनुसार उत्तराखण्डस्थित ‘किङ इन्डिया’ नामक संस्थासँग सहकार्य गरी भारतस्थित नेपाली दुतावासले भारतमा बन्दी बनाइएका नेपाली नागरिकहरुको उद्धार गरिरहेको छ ।
उहाँले विदेश जाने वित्तिकै जीवनस्तरमै परिवर्तन हुने सोचका कारण नेपाली नागरिक समस्यामा पर्ने गरेको समेत उल्लेख गर्नुभयो ।