संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले असार महिनाभित्रै निमित्तको भरमा चलेका स्थानीय तहहरुमा प्रमुख प्रशासकीय अधिकृत पठाउने बताउनुभएको छ ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
काठमाडौँ-
मन्त्री गुप्ताको स्पष्टिकरणः मुलुक आर्थिक अवस्थाको मध्यनजर गर्दा कर्मचारीको तलब वृद्धि गर्न सकिएन
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले असार महिनाभित्रै निमित्तको भरमा चलेका स्थानीय तहहरुमा प्रमुख प्रशासकीय अधिकृत पठाउने बताउनुभएको छ ।

प्रतिनिधि सभामो सोमवारको बैठकमा बोल्दै मन्त्री गुप्ताले अगामी आर्थिक वर्ष शुरु हुन अगाडि नै निमित्तको भरमा चलेका स्थानीय तहको संख्या शुन्यमा झार्ने बताउनु भएको हो ।
उहाँले आफूले मन्त्रालय सम्हाल्दा साढे तीन सय पालिका निमित्तको भरमा चलेकोमा हाल देशभर १८५ पालिकामा मात्र निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका उल्लेख गर्नुभयो । उहाँले मुुलुकको आर्थिक अवस्थालाई मध्यनजर गर्दै कर्मचारीको तलब वृद्धि गर्न नसकिएको समेत स्पष्ट पार्नुभयो ।
स्थानीय तहमा हुने गरेको प्रमुख प्रशासकीय अधिकृतको समस्याको दीर्घकालीन समाधान गर्न आफू प्रतिवद्ध रहेको मन्त्री गुप्ताले बताउनु भयो ।