२०८२ असार १७ गते, मंगलवार ०१:२७

ललितपुरमा राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रिय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले युवा संगठनलाई योजनावद्ध ढंगले मिसन ०८४ मा लाग्न निर्देशन दिनुभएको हो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • प्रधानमन्त्री केपी शर्मा ओलीले युवा संगठनलाई मिसन ०८४ लाई लक्ष्य बनाएर योजनाबद्ध ढंगले अघि बढ्न निर्देशन दिनुभयो।
  • उहाँले युवाहरूलाई रोजगारी, हकहित र नेतृत्वमा सक्रिय हुँदै एकीकृत भएर विकृति र विचलनबाट जोगिन आग्रह गर्नुभयो।
  • ओलीले युवाहरूलाई इनोभेटिभ तरिकाले दक्षता र उपलब्धि हासिल गर्न प्रेरित गर्नुभयो।

काठमाडौँ-

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मिसन ०८४ लाई गन्तव्य बनाएर अघि बढ्न निर्देशन दिनुभएको छ ।

सोमवार ललितपुरमा राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रिय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले युवा संगठनलाई योजनावद्ध ढंगले मिसन ०८४ मा लाग्न निर्देशन दिनुभएको हो ।

उहाँले संगठनको युवाको हक हित, रोजगारीका कुराहरुका साथसाथै मिसन ०८४ लाई प्रमुख लक्ष्य बनाएर अघि बढ्नुपर्ने बताउनु भयो । मिसन ०८४ भुल्न नहुने बताउँदै यसका लागि एकीकृत हुनु जरुरी रहेको बताउनु भयो । कुनै प्रकारको विकृत कुराबाट विचलित नहुन आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले सही ढंगले नेतृत्व गर्न सक्ने व्यक्तिप्रति युवाहरु असहिष्णु हुनु हुँदैन भन्दै इनोभेटिभ तरिकाले गर्ने खोजका कामहरु विश्वमा युवाहरुले नै गरेकाले आफ्नो क्षेत्रमा दक्षता हासिल र नयाँ उपलब्धि हासिल गर्न अग्रसर हुन आह्वान गर्नुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस