२०८२ असार १७ गते, मंगलवार ०१:२५

एक वर्षभित्र यसलाई उत्पादन परीक्षण कामलाई अघि बढाउने गरी मन्त्रालयले आवश्यक योजना बनाएको मन्त्री भण्डारीको दाबी छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • उद्योग मन्त्री दामोदर भण्डारीले दैलेखको जलजलेमा मिथेन ग्याँस उत्खनन कार्य एक वर्षभित्र सुरु गर्ने योजना बनाइएको जानकारी दिनुभयो।
  • चिनियाँ कम्पनीको प्रारम्भिक सर्वेक्षणले उत्साहजनक रिपोर्ट दिएको र मन्त्रालयले उत्पादन परीक्षण अघि बढाउने तयारी गरेको बताउनुभयो।
  • सरकारले खानी, खनिज र औद्योगिक पार्क विकासलाई प्राथमिकता दिँदै आवश्यक योजना बनाइरहेको मन्त्री भण्डारीको भनाइ छ।

काठमाडौँ-

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैलेख जिल्लाको मिथेन ग्याँस उत्खनन कार्य एक वर्षभित्र शुरु गर्नेगरी मन्त्रायले योजना बनाएको बताउनुभएको छ ।

सोमवारको प्रतिनिधि सभाको बैठकमा विनियोजित बजेटमाथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले दैलेख जिल्लाको जलजलेमा ठूलो परिणाममा तेल ग्याँस अन्वेषणमा धेरैले चासो राख्नुभएको बताउनु भयो ।

यो आयोजना सञ्चालन गर्दा चिनियाँ जियोलोजिक सर्वे कम्पनीको तर्फबाट प्रारम्भिक रिपोर्ट आएको र प्रारम्भिक रिपोर्टले देशलाई नै खुशी बनाएको जिकिर गर्नुभयो । एक वर्षभित्र यसलाई उत्पादन परीक्षण कामलाई अघि बढाउने गरी मन्त्रालयले आवश्यक योजना बनाएको मन्त्री भण्डारीको दाबी छ ।

नेपालको समृद्धिमा खानी, खनिज लगायतका क्षेत्रको विकास गर्नुपर्ने र त्यसको उत्खनन गर्नुपर्ने विषयलाई मन्त्रालयले प्राथमिकताका साथ राखेको बताउनु भयो ।

मन्त्री भण्डारीले सरकारले औद्यागिक पार्कसहितका क्षेत्रमा आवश्यक योजना बनाएर अघि बढेको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस