२०८२ श्रावण ३० गते, शुक्रबार १०:४०

इरानी राष्ट्रपति मसूद पेजेश्कियानले इरान अन्तर्राष्ट्रिय ढाँचा भित्र वार्ताको टेबलमा समस्या समाधान गर्न तयार रहेको बताउनुभएको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • इरानी राष्ट्रपति मसूद पेजेश्कियानले अन्तर्राष्ट्रिय ढाँचाभित्र वार्ताबाट समस्या समाधान गर्न तयार रहेको बताएका छन्।
  • युएईसँगको संवादमा पेजेश्कियानले इरानले वैध अधिकार मात्र खोज्ने र आणविक हतियार विकास गर्ने पक्षमा नरहेको स्पष्ट पारे।
  • उनले इजरायलको सैन्य आक्रमणको जवाफ दिन इरान सक्षम रहेको भन्दै युएईले इरानलाई समर्थन जनाएको जानकारी दिइयो।““

काठमाडौं –

इरानी राष्ट्रपति मसूद पेजेश्कियानले इरान अन्तर्राष्ट्रिय ढाँचा भित्र वार्ताको टेबलमा समस्या समाधान गर्न तयार रहेको बताउनुभएको छ ।

पेजेश्कियानको कार्यालयको वेबसाइटमा प्रकाशित विज्ञप्तिअनुसार उहाँले संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँगको फोन वार्तामा उक्त टिप्पणी गर्नुभएको हो ।

पेजेश्कियानले इरानले युएईले संयुक्त राज्य अमेरिकालाई इरानले आफ्नो वैध अधिकार मात्र खोज्ने र कुनैपनि हालतमा आणविक हतियार विकास गर्ने पक्षमा नरहेको बताउनु भयो । उहाँले इरान इजरायलको सैन्य आक्रमणको जवाफ दिन सक्षम रहेको बताउनु भयो ।

उहाँले वर्तमान चुनौतीहरूको बीचमा इरानको लागि आफ्नो देशको समर्थन पनि व्यक्त गर्नुभयो । जुन १३ मा, इजरायलले इरानका विभिन्न क्षेत्रहरूमा आणविक र सैन्य स्थलहरू सहित ठूला हवाई आक्रमणहरू शुरु गरेको थियो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस