२०८२ असार १७ गते, मंगलवार ०१:३१

पूर्वअर्थमन्त्री एवं नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले भविष्यमा नेपालको सबैभन्दा ठूलो आम्दानीको श्रोत पर्यटन क्षेत्र रहेको बताउनुभएको छ ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  •  पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले भविष्यमा नेपालको प्रमुख आम्दानी स्रोत पर्यटन क्षेत्र हुने दाबी गर्नुभयो।
  • उहाँले भारत र चीनका मध्यमवर्गीय पर्यटकलाई लक्षित गरी योजनाबद्ध ढंगले पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो।
  • नेपालमा ठूलो संख्यामा पर्यटक भित्र्याउन पूर्वाधार सुदृढीकरण र प्रभावकारी सरकारको आवश्यकता रहेकोमा जोड दिनुभयो।

काठमाडौं –

पूर्वअर्थमन्त्री एवं नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले भविष्यमा नेपालको सबैभन्दा ठूलो आम्दानीको श्रोत पर्यटन क्षेत्र रहेको बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अझ आन्तरिक र नजिकका पर्यटकहरुलाई आकर्षित गर्नसक्ने गरी पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न जरुरी रहेको बताउनुभएको हो । उहाँले नेपालले चीन र भारतका पर्यटकहरुलाई बढी भित्र्याउने गरी आफ्ना योजनाहरु अघि बढाउनुपर्ने बताउनु भयो ।

उहाँले चीन र भारतका मध्यमवर्गलाई लक्षित गरी पर्यटनका योजनाहरु अघि बढाउनुपर्ने बताउनु भयो । नेपालमा हरेक वर्ष भारत र चीनबाट ५० लाख भारतीय र ५० लाख चिनियाँ पर्यटक भित्रिए नेपालको अर्थतन्त्र कायापलट हुने जिकिर गर्नुभयो । उनीहरुलाई धान्नसक्ने पर्यटन पूर्वाधार बनाउनुपर्नेमा जोड दिनुभयो ।

पूर्वअर्थमन्त्री पाण्डेले प्रभावकारी सरकारको खोजि गर्न जरुरी रहेको बताउनु भयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस