२०८३ भाद्र १४ गते, आईतवार १९:१६

संसदको कार्यसूचिमा राखिएका विधेयकहरु हटाइनु राम्रो होइनः अध्यक्ष दाहाल

समितिमा विचार विमर्श गेर पारित भएका विधेयकहरु सदनको कार्यसूचिमा चढेर हटाइनु राम्रो नहुने बताउनु भयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • अध्यक्ष पुष्पकमल दाहालले समितिबाट सर्वसम्मत पारित भई संसदको कार्यसूचीमा पुगेका विधेयकहरू हटाइनु उचित नभएको बताए।
  • उनले विधेयकहरू संसदमा पुग्दा विभिन्न चलखेल हुने गरेको उल्लेख गरे।
  • दाहालले संवेदनशील विधेयकहरू छिटो ऐनमा परिणत होउन् भनेर सरकारसँग समझदारी बढाउनुपर्ने धारणा राखे।

काठमाडौं –

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समितिबाट सर्वसम्मत पारित भइ संसदको कार्यसूचिमा राखिएका विधेयकहरु हटाइनु राम्रो नभएको बताउनुभएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समितिमा विचार विमर्श गेर पारित भएका विधेयकहरु सदनको कार्यसूचिमा चढेर हटाइनु राम्रो नहुने बताउनु भयो ।

विधेयकहरु समितिबाट सदनमा पुग्दाको बीचमा धेरै चलखेल हुने गरेको बताउनु भयो । देशको राजनीतिक परिस्थितिलाई हेरेर आफूले महत्वपूर्ण विधेयकका लागि पनि सरकारसँग केही समझदारी गरेर अघि बढेको बताउनु भयो ।

अध्यक्ष दाहालले सरकारसँग अलिक बढी समझदारी बढाऔँ भन्नुको एउटा कारण सकेसम्म संवेदनशील र महत्वपूर्ण विधेयकहरु छिटो ऐनमा परिणत हुन् भन्ने रहेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया

बाढी-पहिरो पीडितको राहतका लागि रुङ्टा ग्रुपद्वारा प्रधानमन्त्री उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ सहयोग

वीरगन्ज– वीरगन्जका वरिष्ठ उद्योगपति, समाजसेवी तथा रुङ्टा ग्रुपका अध्यक्ष मुरलीधर

बाढी-पहिरो पीडितको राहतका लागि रुङ्टा ग्रुपद्वारा प्रधानमन्त्री उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ सहयोग

वीरगन्ज– वीरगन्जका वरिष्ठ उद्योगपति, समाजसेवी तथा रुङ्टा ग्रुपका अध्यक्ष मुरलीधर

पोडकास्ट सुन्नुहोस