२०८३ भाद्र १४ गते, आईतवार १९:१४

नेपाल नागरिकता विधेयक असार १४ गतेको प्रतिनिधि सभाबाट पारित हुन्छः गृहमन्त्री लेखक

सम्भव भए नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक पनि असार महिनाभित्रै समितिबाट पारित गरेर सदनमा पेश गर्ने वातावरण बनाइदिन आग्रह गर्नुभयो ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता विधेयक असार १४ गते प्रतिनिधि सभाबाट पारित हुने स्पष्ट पारे।
  • समितिबाट नागरिकता विधेयक टुंगोमा पुगिसकेको र सरकारले सबै विषयमा छलफल गर्न तयार रहेको बताइयो।
  • नेपाल प्रहरीसम्बन्धी कानून संशोधन विधेयक पनि असार महिनाभित्र समितिबाट पारित गरि सदनमा पेश गर्ने प्रयास भइरहेको जानकारी दिइयो।

काठमाडौं –

गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता विधेयक असार १४ गतेको प्रतिनिधि सभाबाट पारित हुने बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विधेयक छिटो पारित गर्नुपर्ने र अड्काएर राख्न नहुने बताउनु भयो । सरकार सबै विषयमा कन्टेनहरुमा छलफल गर्न तयार रहेको बताउनु भयो ।

समितिले छोटो समयमा छलफल गरेर नागरिकता सम्बन्धी विधेयक समितिबाट टुंगोमा पु¥याएको बताउँदै १४ गते प्रतिनिधि सभाबाट पारित गर्ने बताउनु भयो । सम्भव भए नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक पनि असार महिनाभित्रै समितिबाट पारित गरेर सदनमा पेश गर्ने वातावरण बनाइदिन आग्रह गर्नुभयो ।

समितिमा आज नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल शुरु भएको हो । गृहमन्त्री लेखकले प्रहरी यो विधेयक सरकारको प्राथमिकतामा रहेको बताउनु भयो ।

प्रतिक्रिया

बाढी-पहिरो पीडितको राहतका लागि रुङ्टा ग्रुपद्वारा प्रधानमन्त्री उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ सहयोग

वीरगन्ज– वीरगन्जका वरिष्ठ उद्योगपति, समाजसेवी तथा रुङ्टा ग्रुपका अध्यक्ष मुरलीधर

बाढी-पहिरो पीडितको राहतका लागि रुङ्टा ग्रुपद्वारा प्रधानमन्त्री उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ सहयोग

वीरगन्ज– वीरगन्जका वरिष्ठ उद्योगपति, समाजसेवी तथा रुङ्टा ग्रुपका अध्यक्ष मुरलीधर

पोडकास्ट सुन्नुहोस