२०८२ असार १७ गते, मंगलवार ०१:२०

प्रहरीका अनुसार दीपेन्द्रले राजीनामा पत्रमा घरायसी कारण उल्लेख गरेका छन् ।

♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • नेपाली क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले नेपाल प्रहरी सेवाबाट राजीनामा दिएका छन्।
  • प्रहरी सहायक हवल्दार पदमा कार्यरत ऐरीले घरायसी कारण देखाउँदै राजीनामा दिएका हुन्, जुन स्वीकृत भइसकेको छ।
  • एसियन गेम्समा कीर्तिमान बनाएपछि उनलाई प्रहरी जवानबाट विशेष बढुवा दिइएको थियो।

काठमाडौं –

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले नेपाल प्रहरी सेवाबाट राजीनामा दिएका छन् । प्रहरी सहायक हवल्दार पदमा कार्यरत ऐरीले केही दिनअघि राजीनामा पत्र पेश गरेका थिए, जुन स्वीकृत भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले पुष्टि गरेका छन् ।

प्रहरीका अनुसार दीपेन्द्रले राजीनामा पत्रमा घरायसी कारण उल्लेख गरेका छन् ।

चीनमा सम्पन्न १९औँ एसियन गेम्सको टी–२० क्रिकेटमा ६ छक्का हानेर विश्व कीर्तिमान कायम गरेपछि उनलाई प्रहरी जवानबाट विशेष बढुवा गरी सहायक हवल्दार बनाइएको थियो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस