आन्तरिक उत्पादनमा कर लगाएको तथा आयातित वस्तुमा भन्सार घटाइएको गुनासो समेत आएको भन्दै त्यसलाई पुनः समिक्षा गर्न आग्रह गर्नुभयो ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|
काठमाडौं –
नेपाली काँग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले आन्तरिक उद्योगको संरक्षणका लागि आयाति वस्तुको भन्सार दर वृद्धि गर्नुपर्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद महतले आन्तरिक उद्योगलाई प्रतिष्पर्धी बनाउन आयातित वस्तुहरू महँगो बनाउनु जरुरी रहेको बताउनुभएको हो । उहाँले आन्तरिक उत्पादनमा कर लगाएको तथा आयातित वस्तुमा भन्सार घटाइएको गुनासो समेत आएको भन्दै त्यसलाई पुनः समिक्षा गर्न आग्रह गर्नुभयो ।
भन्सार नीतिमा पुनरावलोकन नगरेसम्म आन्तरिक उद्योगलाई प्रतिष्पर्धी बनाउन नसकिने उहाँको भनाइ छ । सांसद महतले सुन नेपालीका लागि लक्जरी नभई संकटको बेला तुरुन्तै नगदमा रूपान्तरण गर्न सकिने भएको उल्लेख गर्दै त्यसमा लगाइएको विलासी करबारे समेत पुनरावलोकन गर्न जरुरी रहेको बताउनु भयो ।
उहाँले आन्तरिक उत्पादनको प्रयोगलाई बढावा दिन आयातित वस्तुहरुलाई महंगो बनाउनुपर्नेमा जोड दिनुभयो ।