२०८२ असार २४ गते, मंगलवार १०:५७
♠  समाचार सारांश ♠ एआईबाट जेनरेटेड
  • दुर्व्यवहार आरोप: वीरगन्जको क्लासिक ब्यान्क्वेटमा पत्रकारहरूलाई जयमोद ठाकुरले गालीगलौज र अपमान गरेको आरोप।
  • प्रहरी नियन्त्रण: ठाकुरविरुद्ध अभद्र व्यवहारको उजुरी, प्रहरीले छलफलका लागि नियन्त्रणमा लिए पनि निष्कर्षविहीन।
  • पत्रकारको आक्रोश: पत्रकार महासंघले कारबाही माग गर्दै आक्रोश व्यक्त, घटनाले पत्रकार समुदायमा तनाव।

वीरगन्ज –

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य अधिकृत जयमोद ठाकुरलाई पत्रकारहरूमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ। आइतवार वीरगन्जको क्लासिक ब्यान्क्वेटमा रिपोर्टिङका लागि पुगेका पत्रकारहरूलाई ठाकुरले अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्सामा अभद्र व्यवहारको उजुरी परेको थियो।

प्रहरीले ठाकुरलाई छलफलका लागि बोलाएको थियो, तर छलफलमा कुनै ठोस निष्कर्ष ननिस्किएको सहभागी पत्रकारहरूले जनाएका छन्। घटनामा संलग्न पत्रकारहरूमा सन्तोषकुमार कुशवाहा, आरोहणकुमार साह, राजु बैठा, राकेशकुमार साह, अर्जुन चौधरी, र आनन्दकुमार पटेल रहेका छन्। उनीहरूले ठाकुरले कार्यक्रमस्थलमा आएर अपमानजनक व्यवहार गरेको आरोप लगाएका छन्।

यो घटनाले पर्साको पत्रकार समुदायमा आक्रोश पैदा गरेको छ। सामान्यतया पत्रकारहरूसँग राम्रो सम्बन्ध राख्ने ठाकुरको यस व्यवहारले पत्रकारहरू स्तब्ध र आक्रोशित भएका छन्। नेपाल पत्रकार महासंघ पर्सा शाखाले यस विषयमा गम्भीर चासो व्यक्त गर्दै दोषीमाथि तत्काल कानुनी कारबाहीको माग गरेको छ।

पत्रकारका विभिन्न संघ–संगठनहरूले यो घटनालाई आपत्तिजनक ठहर गर्दै स्वास्थ्य अधिकृत ठाकुरलाई कानुनी दायरामा ल्याउन जोडदार माग गरेका छन्। घटनाको थप अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढ्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस