सिरियाली अधिकारीहरूले उत्तरपश्चिमी लताकिया प्रान्तमा लगातार चार दिनदेखि लागेको डढेलोले ७ हजार हेक्टरभन्दा बढी जंगल नष्ट भएको बताएका छन् ।
♠ समाचार सारांश | ♠ एआईबाट जेनरेटेड |
|

काठमाडौं-
सिरियाली अधिकारीहरूले उत्तरपश्चिमी लताकिया प्रान्तमा लगातार चार दिनदेखि लागेको डढेलोले ७ हजार हेक्टरभन्दा बढी जंगल नष्ट भएको बताएका छन् । आगो नियन्त्रण गर्न आइतबार संयुक्त अपरेशन कोठा स्थापना गरेका छन् ।
सिरियाको आपतकालीन तथा विपद् व्यवस्थापन अधिकारीका प्रमुख रैद अल–सालेहले सञ्चालन कोठाले पानीका ट्याङ्करहरू सुरक्षित गर्ने, स्वयंसेवकहरू तैनाथ गर्ने र आगो नियन्त्रणका लाइनहरू काट्न भारी मेसिनरी प्रयोग गर्ने काम शुरु गरेको छ ।
खडेरी, तेज हावा र विस्फोट नभएका युद्धका अवशेषहरूका कारण आगो द्रुत गतिमा फैलिरहेको अल–सालेहले बताउनु भयो । टर्की र जोर्डनका आपतकालीन एकाइहरूसँगै ९० स्थानीय अग्नि नियन्त्रक टोलीहरू र १५० भन्दा बढी सवारी साधनहरू तैनाथ छन् ।