२०८३ जेष्ठ १७ गते, आईतवार ०३:५२

युवा रोजगार समाजिक उत्तरदायित्व सहित उम्मेदवार रुङ्गटाको दश प्रतिज्ञा

वीरगन्ज –

नेपाली कांग्रेसका तर्फबाट पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अनिल कुमार रुङ्गटाले आगामी ५ वर्षभित्र वीरगन्जमा १ खर्ब रुपैयाँ लगानी भित्र्याउने महत्त्वाकांक्षी प्रतिबद्धतासहित आफ्नो ‘दश सुत्रीय प्रतिज्ञा पत्र’ सार्वजनिक गर्नुभएको छ। फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिनुभएका रुङ्गटाले वीरगन्जको बेरोजगारी समस्या समाधान र आर्थिक समृद्धिको मार्गचित्र प्रस्तुत गर्नुभएको हो।

बिहीबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उम्मेदवार रुङ्गटाले आफू पद र पैसाका लागि नभई वीरगन्जको विकास, सुशासन र पद्धतिका लागि चुनावी मैदानमा उत्रिएको दाबी गर्नुभयो।

विगतमा निर्वाचित प्रतिनिधिहरू जनताप्रति उत्तरदायी बन्न नसकेको आरोप लगाउँदै रुङ्गटाले भन्नुभयो, “अब शिलान्यासको राजनीति होइन, परिणामको राजनीति चाहिन्छ।” उहाँले आफ्नो पहिलो प्राथमिकता ‘पहिले पानी अभियान’ लाई दिनुभएको छ। जसअन्तर्गत १०० दिनभित्र पानीको नक्साङ्कन तथा अडिट, बिग्रिएका धारा मर्मत, वर्षाको पानी पुनर्भरण र सिरसिया नदी संरक्षण कार्यक्रम सुरु गरिनेछ।

स्वास्थ्यतर्फ नारायणी अस्पतालको स्तरोन्नति, स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना, आधुनिक ट्रमा सेन्टर र प्रसूति सेवा सुदृढीकरण गर्ने उहाँको योजना छ। शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको डिजिटल पूर्वाधार विकास र उद्योगसँग जोडिएको ‘पोलिटेक्निक इन्स्टिच्युट’ स्थापनालाई उहाँले प्राथमिकतामा राख्नुभएको छ। “किताब मात्र होइन, सीप पनि आवश्यक छ,” उहाँले जोड दिनुभयो।

आर्थिक विकासका लागि ‘वीरगन्ज आर्थिक स्वतन्त्रता योजना’ अघि सार्दै रुङ्गटाले विशेष वित्तीय क्षेत्रको पहल र १ खर्ब बराबरको औद्योगिक लगानी भित्र्याउने दाबी गर्नुभयो। यसबाट करिब ४ हजार प्रत्यक्ष रोजगारी सिर्जना हुने र स्थानीय युवालाई प्राथमिकता दिइने उहाँको प्रतिज्ञा छ।

युवाहरूका लागि ‘युवा उडान कार्यक्रम’, सहुलियत कर्जा र लागुऔषधविरुद्ध संरक्षण अभियान चलाइनेछ। महिला सुरक्षाका लागि सडक बत्ती विस्तार, मातृ स्वास्थ्य सेवा र महिला उद्यम प्रवर्द्धनका कार्यक्रमहरू प्रतिज्ञा पत्रमा समेटिएका छन्।

रुङ्गटाले आफ्नो अन्तिम प्रतिज्ञाका रूपमा ‘स्वच्छ शासन’ को अवधारणा अघि सार्नुभएको छ। उहाँले निर्वाचित भएपछि आफ्नो कार्यालयलाई ‘जनता कार्यालय’ का रूपमा सञ्चालन गर्ने र १५ दिनभित्र जनताका उजुरीको जवाफ दिने प्रणाली बसाल्ने घोषणा गर्नुभयो।

“नेपाली कांग्रेस मेरो आधार हो, तर पर्सा–१ मेरो प्राथमिकता हो,” रुङ्गटाले भन्नुभयो, “वीरगञ्जले सधैँ देशलाई अघि बढायो, अब वीरगञ्ज आफैँ पनि सम्मानसहित अघि बढ्नुपर्छ।”

प्रतिक्रिया

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

वीरगन्ज मेनरोड भत्काउन लागिएको भन्दै देशव्यापी आन्दोलनको चेतावनी: ‘शहरी मार्ग’ को मापदण्ड कायम गर्न प्रधानमन्त्रीसँग माग

वीरगन्ज– वीरगन्जको ऐतिहासिक पहिचान मेटिने र हजारौँ व्यवसायी तथा घरधनी

अर्थ

पोडकास्ट सुन्नुहोस